ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा सडकको भेलले बगाउँदा आमाछोरीको मृत्यु


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ९ : १५   बजे

कास्की । पोखरामा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको तीव्र भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–१७, हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३०, ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिइन्।

भेलले बगाएपछि उद्धार गरी दुवैलाई गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो। उपचारका क्रममा सुष्माको शुक्रबार राति नै मृत्यु भएको थियो भने उनकी दुई वर्षीया छोरी रानीकाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कमल दाहाल श्रीमती सुष्मा र छोरी रानीकालाई स्कुटरमा राखेर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए। शुक्रबार साँझ परेको अविरल वर्षाका कारण सडकमा पानीको बहाव अत्यधिक बढेपछि उनले हर्कचोकमा स्कुटर रोकेका थिए।

स्कुटरबाट ओर्लिने क्रममा अचानक आएको भेलले दुई वर्षीया रानीकालाई बगाएर सडकको नालीतर्फ पुर्‍याएको थियो। छोरीलाई बचाउन आमा सुष्मा पनि नालीतर्फ पुगेकी थिइन्। त्यसपछि तीव्र बहावले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्‍याएको थियो।

घटनापछि श्रीमान् कमलले हारगुहार गरेपछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार अभियान थालेका थिए। खोजीका क्रममा आमाछोरीलाई पोखरा–१७, बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरिएको थियो।

उनीहरूलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले दुवैलाई बचाउन सकेनन्।

यस घटनाले पोखराका सहरी सडक तथा नालीको कमजोर व्यवस्थापनका कारण भारी वर्षाका बेला सडकमा जम्मा हुने पानी र तीव्र बहावले निम्त्याउन सक्ने जोखिमलाई पुनः उजागर गरेको छ। विशेषगरी छोटो समयमा अत्यधिक वर्षा हुँदा सडक नै खोलाजस्तो बन्ने अवस्थाले पैदलयात्री तथा सवारीसाधनमा यात्रा गर्नेहरूलाई गम्भीर जोखिममा पार्ने गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

भोटेकोशी बाढीमा बागलुङका १६ जना बेपत्ता, १२ रसुवा र ४ नुवाकोटमा

पोखरामा सडकको भेलले आमा, छोरी र बुवालाई बगायो

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

रसुवा बाढीपीडितको राहत र पुनःस्थापनाका लागि गण्डकीले ४ करोड दिने

त्रिशूली र नारायणी किनारमा भेटिएका १०२ शव पोखरा ल्याइयो

त्रिशूली–नारायणी किनारमा भेटिएका १०२ शव पहिचानका लागि पोखरा ल्याइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu