काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले नेपालका बाढी प्रभावित नागरिकका लागि पठाएको ८० टन राहत सामग्री सरकारले बुझेको बताएका छन्। मन्त्री पुनका अनुसार यूएईबाट ल्याइएको राहत सामग्री शनिबार राति ११ः३० बजे नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। राहत सामग्री बुझ्ने क्रममा काठमाडौंमा ठूलो वर्षा भइरहेको उनले जानकारी दिए। मन्त्री पुनले यूएईबाट पर्सि अर्को हवाईजहाजमार्फत थप राहत सामग्री नेपाल आउने जानकारीसमेत दिएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्