ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको भाउ लगातार पाँचौँ दिन घट्यो, पाँच दिनमा १६ हजार रुपैयाँ सस्तियो


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ११ : २५   बजे

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज थप घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ । यससँगै सुनको भाउ लगातार पाँचौँ दिन घटेको हो ।

गत आइतबार एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार थप २ हजार ४ सय रुपैयाँ घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको थियो । यसअघि गत शुक्रबार तोलामा २ हजार ४ सय रुपैयाँ र बिहीबार १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको थियो । आजको समेत हिसाब गर्दा पाँच दिनमा सुन तोलामा १६ हजार रुपैयाँले सस्तिएको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले घटेर ४ हजार ७ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि गत माघ १५ गते सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै गत माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो । चाँदीको मूल्यमा आएको यो गिरावट पनि हालसम्मकै ठूलो दैनिक गिरावट हो । गत माघ १५ गते चाँदीको मूल्य तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

अर्थतन्त्र सुधारका नीति किन भए असफल? सस्तो कर्जादेखि आयात प्रतिबन्धसम्मको कथा

भोटेकोसी बाढीबाट भएको क्षतिमा २५ अर्ब ८७ करोडको बीमा दाबी

६ कारोबार दिनपछि नेप्सेमा हरियाली, सूचक ९ अंकले बढ्यो

नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारससम्म सिधा रेल सेवा सुरु

‘भरे कुरा गरौँला’ भन्दै छुटेका सविन, ‘दिउँसो फोन गर्छु’ भनेका सुमन फर्किएनन्

भारतको अर्थतन्त्र ७.८ प्रतिशतले बढ्यो, मोदीले भने– ‘निराशावादीहरू गलत साबित भए’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu