ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी : सुरुङभित्र उद्धार टोलीको जोखिमपूर्ण खोजी, थप २३ जनाको हवाई उद्धार


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   १ : ४५   बजे

काठमाडौँ  । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ । नेपाली सेनाका अनुसार मङ्गलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत थप २३ जनाको उद्धार गरिएको छ ।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि विदेशी विज्ञसहितको संयुक्त टोलीसमेत परिचालन गरिएको छ । जोखिमपूर्ण अवस्थाका बीच टोलीले विभिन्न आयोजनाका सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धारको प्रयास गरिरहेको सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली करिब ५० मिटरभित्र प्रवेश गरेर खोजी गरेको छ ।

त्यस्तै, लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा करिब १५० मिटर र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा करिब २०० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य गरिएको छ ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको टनेल हेड फेला पारिएपछि कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने काम भइरहेको छ । सुरुङभित्र जमेको पानी बाहिर निकाल्ने प्रयाससमेत जारी रहेको सेनाले जनाएको छ ।

उद्धारका लागि तीनवटा एक्स्काभेटर प्रयोग गरी सुरुङको पछाडितर्फ करिब १५ मिटर वैकल्पिक मार्ग खोलिएको छ । सुरुङभित्र प्रवेश गर्ने बाटो बनाउन रक ब्रेकर प्रयोग गरी ढुङ्गा फुटाउने कामसमेत भइरहेको छ ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा विदेशी विज्ञसहितको टोली परिचालन गरिएको छ । टोलीले सुरुङमा प्रवेश गर्ने द्वार पहिचान गरी एक्स्काभेटरको सहायताले खन्ने काम गरिरहेको छ ।

यसअघि २७९ जनाको जीवित उद्धार

बाढीपछि तत्काल सञ्चालन गरिएको खोज तथा उद्धार अभियानका क्रममा विभिन्न जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

उद्धार गरिएकामध्ये रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जना, अपर त्रिशूली–१ बाट ३३ जना, अपर त्रिशूली–३ ‘ए’ बाट २२१ जना, अपर त्रिशूली–३ ‘बी’ बाट दुई जना, मैलुङबाट नौ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट चार जना, त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जना र देवघाट जलविद्युत् आयोजनाबाट पाँच जना रहेका छन् ।

तर, बाढीबाट प्रभावित आयोजनाहरूमा अझै पनि सम्पर्कविहीन तथा फसेका व्यक्तिको खोजी चुनौतीपूर्ण बनेको छ ।

९ हजारभन्दा बढी सैनिक परिचालन

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ ।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै पूर्वी नवलपरासीसम्मका प्रभावित क्षेत्रमा ९ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन् ।

सैनिक टोलीले जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गरी स्थानीयको अवस्थाबारे जानकारी लिने, उद्धार आवश्यकताको मूल्याङ्कन गर्ने तथा जोखिममा परेकाको खोजी गर्ने काम गरिरहेको छ ।

त्यस्तै, घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारलगायतका कामसमेत सेनाले समन्वयमा गरिरहेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा निःसंक्रमण अभियान

बाढीपछि प्रभावित क्षेत्रमा संक्रमण फैलिन नदिन नेपाली सेनाले निःसंक्रमण अभियानसमेत सञ्चालन गरिरहेको छ ।

सेनाका अनुसार धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल परासीस्थित शव सङ्कलन केन्द्र तथा सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वनमा निःसंक्रमण गरिएको छ ।

बाढीबाट प्रभावित अन्य क्षेत्रमा पनि स्थानीय तहसँगको समन्वयमा निःसंक्रमण तथा सरसफाइको काम अघि बढाइने सेनाले जनाएको छ ।

यसैबीच, सुरुङभित्र फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै विभिन्न आयोजनामा प्राविधिक तथा उद्धार टोलीको परिचालन जारी राखिएको छ । जोखिमपूर्ण भूमिगत संरचनामा पानी, हिलो, ढुङ्गा तथा अन्य अवरोधका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्प प्रशासनको ‘थर्ड–कन्ट्री डिपोर्टेसन’ नीतिमाथि अमानवीय व्यवहारको आरोप

परेवाभिरमा सडक भासिएपछि डाइभर्सन खोलियो, कृष्णभिरमा विकल्प खोजिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्प प्रशासनको ‘थर्ड–कन्ट्री डिपोर्टेसन’ नीतिमाथि अमानवीय व्यवहारको आरोप

परेवाभिरमा सडक भासिएपछि डाइभर्सन खोलियो, कृष्णभिरमा विकल्प खोजिँदै

कर्णाली शिवराजले बेलारुसी खेलाडी कुड्रासोउलाई अनुबन्ध गर्‍यो

भोटेकोसी बाढीमा मृत्यु भएका विदेशीको शव हस्तान्तरण प्रक्रिया अन्तिम चरणमा

भदौ १० लाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सांसद शर्माको माग

बाढी प्रभावित क्षेत्रमा खोजीका लागि १२ ड्रोन परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu