ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्मा आरोप–प्रत्यारोप नगरी उद्धार र राहतमा केन्द्रित हुनुपर्छ : शाही


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ३ : ३५   बजे

काठमाडौँ, भदौ १७ गते । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका सांसद ज्ञानेन्द्रबहादुर शाहीले विपद्को समयमा आरोप–प्रत्यारोप र राजनीतिकरण नगरी उद्धार तथा राहतमा केन्द्रित हुन सरकारसँग आग्रह गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले राज्यका स्रोत–साधन परिचालन गर्ने जिम्मेवारी सरकारको भएको बताउँदै विपद्का बेला आवश्यक उपकरण तत्काल परिचालन गर्न माग गर्नुभयो । स्थानीय तहलाई समेत प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो । आफूहरू सरकारको साथमा रहेको बताउँदै उहाँले आवश्यक स्थानमा परिचालन हुन तयार रहेको उल्लेख गर्नुभयो । विपद्का बेला आफ्नो ज्यानको पर्वाह नगरी उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको प्रशंसा गर्दै शाहीले उनीहरूको तलब वृद्धि गर्नुपर्ने सुझावसमेत दिनुभयो । नेपालले जलवायु परिवर्तनका कारण ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले विकसित तथा सम्पन्न राष्ट्रहरूले आफ्नो सुखसुविधाका लागि अत्यधिक कार्बन उत्सर्जन गरिरहेको बताउनुभयो । नेपालजस्ता मुलुकले कार्बन उत्सर्जन घटाउन तत्काल पहल गर्नुपर्नेमा जोड दिँदै उहाँले जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय अदालतसम्म लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । विपद्को समयमा कसैलाई आरोप लगाउने बेला नभएको भन्दै शाहीले सरकारलाई सम्पूर्ण ध्यान उद्धार कार्यमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

सम्बन्धित

रसुवा बाढीबारे संसद्बाट विशेष प्रस्ताव पारित

प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिनुपर्छ : प्रचण्ड

भोटेकोसी बाढीसम्बन्धी विशेष प्रस्ताव संसद्बाट सर्वसम्मत पारित

प्रधानमन्त्रीको शासन शैलीमा गुणात्मक परिवर्तन आवश्यक छ : बादल

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

विपद्मा नेतृत्वको काम आफैँ उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : पराजुली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu