काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
अध्यक्ष ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित स्थानीय बासिन्दाको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिनुभएको हो। उहाँले प्रभावित स्थानीयसँग प्रत्यक्ष भेट गरी उनीहरूका गुनासा तथा समस्यासमेत सुन्नुभएको छ।
बाढी प्रभावित क्षेत्रमा एमालेसम्बद्ध जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र प्रवासी नेपाली मञ्च (ओएनएफ) लगायतका टोली उद्धार तथा राहतमा सक्रिय छन्।
धादिङको निरीक्षणपछि अध्यक्ष ओलीले नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न प्रभावित क्षेत्रको समेत अवलोकन गर्नुभएको छ। त्यस क्रममा उहाँले बाढीले पुर्याएको भौतिक क्षति, स्थानीयको अवस्था तथा प्रभावित क्षेत्रमा भइरहेको राहत वितरणबारे जानकारी लिनुभएको हो।
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।


Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्