ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षअघि जमिन बगर बन्यो, अहिले घरबासको चिन्ता : वीरेखोलामा २३ परिवार विस्थापित


ABC NEWS
२० भदौ २०८३, शनिबार   ७ : ०५   बजे

 

बाजुरा । वीरेखोलामा आएको भीषण बाढीका कारण २३ परिवार विस्थापित भएका छन् । गएरातिदेखि परेको अविरल वर्षासँगै बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोलामा ठूलो बाढी आएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।

स्थानीयका अनुसार माथिल्लो क्षेत्रमा वर्षापछि गएको पहिरोले खोला थुनिएर ताल बनेको थियो । उक्त ताल फुटेपछि एक्कासि ठूलो बाढी आएको हो ।

स्थानीय लालसिंह साउदका अनुसार गएराति करिब ८ बजे एक्कासि आएको बाढीपछि गाउँका बासिन्दा घरबाहिर निस्कन बाध्य भएका थिए । “अविरल वर्षापछि वीरेखोलामा एक्कासि ठूलो बाढी आयो । त्यसपछि घरबाहिर निस्क्यौँ । अहिलेसम्म न खानेकुरा छ, न त बस्ने ठाउँ”, उनले भने ।

बाढीबाट अहिलेसम्म मानवीय तथा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभए पनि गाउँको बीचबाटै ठूलो बाढी बगेपछि २३ परिवार विस्थापित भएका छन् । थप १८ परिवारसमेत जोखिममा रहेको स्थानीय साउदले बताए ।

बाढीले धानबाली बगाएपछि खेतहरू बगरमा परिणत भएका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले बताए ।

बाढी प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाले तत्काल त्रिपाल उपलब्ध गराएको छ । शाखाका उपमन्त्री बिपीन विष्टका अनुसार विस्थापित २३ परिवारलाई त्रिपाल वितरण गरिएको छ ।

पाँच वर्षअघिको त्यो दिन, फेरि उही जोखिम

वीरेखोलाका बासिन्दाका लागि बाढी र पहिरोको जोखिम नयाँ भने होइन । पाँच वर्षअघि बुढीगङ्गा नदीमा आएको बाढीले यहाँका धेरै परिवारको खेतीयोग्य जमिन बगाएको थियो ।

विसं २०७७ साउन २५ गते आएको बाढीले पुस्तौँदेखि खेती गर्दै आएका किसानको जमिनमा बालुवा र ढुङ्गा थुपारिदिएको थियो । बाढी रोकिएपछि नदी आफ्नो पुरानै बाटोमा फर्कियो । तर त्यसले जमिन र स्थानीयको जीवनमा छाडेको असर भने अझै हटेको छैन ।

अहिले वीरेखोलामा आएको बाढीले स्थानीयको त्यही पुरानो त्रास फेरि बल्झाइदिएको छ ।

“एकातिर खेतीयोग्य जमिन गुमेको पीडा छ, अर्कोतिर घरबास नै सुरक्षित नरहने अवस्था छ”, स्थानीय कली साउदले भनिन्, “नदी कटान र बाढीको जोखिम बढ्दै गएपछि अब कहाँ बस्ने, के खाने भन्ने ठूलो संकट भएको छ ।”

सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर टाढा रहेको वीरेखोला झरना आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो । वर्षायाम सुरु भएपछि बाजुराका विभिन्न स्थानसँगै छिमेकी अछामबाट समेत झरना हेर्न तथा फोटो–भिडियो खिच्न पर्यटक पुग्ने गर्छन् ।

तर पर्यटकका लागि आकर्षण बनेको यही खोला वर्षायाममा स्थानीयका लागि भने त्रासको कारण बन्ने गरेको छ ।

“घरआँगनमै बुढीगङ्गा नदी बग्छ, गाउँकै बीचमा वीरेखोला बगिरहेको छ”, स्थानीय मतिकला खड्काले भनिन्, “आँगनबाट नदीले कटान गर्ने र पछाडिबाट खोलाले कतिखेर बगाउँछ भन्ने चिन्ता हुन्छ । यसअघि पटकपटक आएको बाढीले खेतीयोग्य जमिन बगर भइसकेको छ । अब कुन दिन घरसँगै हामीलाई पनि बगाउने हो भन्ने डर छ ।”

जमिन बगर बन्यो, अब घर गुम्ने चिन्ता

२०७७ सालको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि धेरै परिवारले आफ्नो उत्पादनको आधार गुमाएका थिए । अहिले फेरि वीरेखोलाको बाढीले घरबाससमेत जोखिममा पारेपछि स्थानीयको समस्या थप गम्भीर बनेको छ ।

“खेत रहेन, अब घर पनि सुरक्षित छैन”, स्थानीय कमला साउदले भनिन्, “कहाँ गएर बस्ने ? अन्त कतै ठाउँ छैन ।”

वर्षौँदेखि नदी कटान र बाढीको जोखिममा रहेका वीरेखोलाका बासिन्दाका लागि अहिले घरसमेत गुम्ने चिन्ता थपिएको छ । तत्कालका लागि २३ परिवारलाई सुरक्षित स्थानमा सारिए पनि बाढी तथा नदी कटानको दीर्घकालीन जोखिम भने कायमै रहेको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष बडुवालले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बाढीपछि भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने तथा घटनाबारे थप बुझ्ने काम भइरहेको जानकारी दिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई दूतावासको टोलीले भेट्यो

भोटेकोसी बाढीमा सम्पर्कविहीनका आफन्तलाई डीएनए नमुना दिन प्राधिकरणको आग्रह

सम्बन्धित

भोटेकोसी बाढीपछि बेपत्ता नरेशको कुशको शव बनाएर अन्त्येष्टि

नुवाकोटको तादी खोलामा ६० मिटरको एक्रो ब्रिज जडान सुरु (तस्विरहरु)

दार्चुलामा पहिरोपछि घट्यो जोखिम, चौलानी नदीको बहाव सामान्य

रसुवा–नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम

हेटौँडा–काठमाडौं आवागमनका लागि भीमफेदी–सिस्नेरी सडक वैकल्पिक मार्ग बनाइँदै

दस दिनसम्म बन्द थियो चुलो, आमाको आँखामा थियो छोराको अनुहार; कृष्णाष्टमीमा फर्कियो सञ्जयको सास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu