ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरो छिचोल्दै कृषि उपज बजार पुर्‍याउँदै किसान


ABC NEWS
२१ भदौ २०८३, आइतबार   १ : २५   बजे

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका किसान ज्यानको जोखिम मोलेर कृषि उपज बजार पुर्‍याउन बाध्य भएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएपछि किसानले ढुंगा, लेदो र पहिरोको जोखिमबीच तरकारी बोकेरै बेनीघाट बजारसम्म पुग्नुपर्ने अवस्था आएको हो।

कृष्णभीर क्षेत्रमा निरन्तर पहिरो खसिरहेका कारण सडक यात्रा जोखिमपूर्ण बनेको छ। तर, उत्पादन बजारसम्म पुर्‍याउन नसके लगानी नै डुब्ने भएपछि किसान जोखिम मोलेरै कृषि उपज बिक्रीका लागि लैजान बाध्य छन्।

सडक अवरोधका कारण कृषि उपजको बजारीकरण प्रभावित हुँदा किसानको आम्दानीमा समेत प्रत्यक्ष असर परेको छ।

भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीपछि कृष्णभीर, परेवाभीरलगायतका तटीय क्षेत्रमा सडक अवरुद्ध हुँदा स्थानीयको आवतजावतसँगै कृषि उपजको ढुवानीसमेत प्रभावित भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : मृतक १ हजार ३४१, सम्पर्कविहीन झण्डै ५ हजार

कृष्णभीरमा राजमार्ग अवरुद्ध भएपछि तीन दिनमा ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौं भित्रियो

सम्बन्धित

भोटेकोशी बाढीले नुवाकोटका किसानको पशुधनमा ठूलो क्षति, पुनर्स्थापनाको चिन्ता

बागलुङमा गुञ्जियो परम्परागत रोपाइँ नाच, जोगिँदैछ २३८ वर्ष पुरानो संस्कृति

भोटेकोशी हिमबाढी : किसानको घर मात्रै होइन, पुस्तौँको जीविकासमेत बगायो

भोटेकोसी बाढी : घरसँगै बगे किसानका ‘आधार’

त्रिभुवन राजपथ एकतर्फी भएपछि थाहाका किसान मारमा, खेतमै कुहिन थाल्यो तरकारी

रसुवा बाढीबारे संसद्बाट विशेष प्रस्ताव पारित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu