ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईद र बकरईदको विदा कटौतीको बिरोधमा उत्रिए मुश्लिम समुदाय


admin
२३ बैशाख २०७५, आइतबार   २ : ५७   बजे

सप्तरी, २३ बैशाख । मुश्लिम धर्मावलम्बीहरुको महान पर्व ईद र वकरईदको विदा कटौती गरिएको बिरोधमा आइतबार मुश्लिम समुदायले राजविराजमा प्रदर्शन गर्नुका साथै सो निर्णय सच्याउन माँग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

‘जमिअत उलमाए नेपाल सप्तरी’ शाखाका अध्यक्ष मौलाना मो. अयुब मिफताही तथा मुश्लिम समाजका केन्द्रिय सदस्य इर्साद अंसारीको अगुवाईमा स्थानिय शिवमन्दिरको प्राङणबाट निस्केको जुलुसले नगर परिक्रमा गर्दै सरकारको विदा कटौती गर्ने निर्णय बिरुद्ध नाराबजी गरेका छन् ।
नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेको मुश्लिम समुदायका अगुवाईहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाए ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे मार्फत प्रधानमन्त्रीलाई बुझाईएको ध्यानाकर्षण पत्रमा मुश्लिम समुदायको महान पर्व ईद र बकरईदको विदा कटौती गर्ने सरकारको निर्णय नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

नेपाल मुश्लिम संघका केन्द्रिय सदस्य इर्साद अंसारील ईद र बकरईदलाई राष्ट्रिय विदाबाट हटाई सरकारले सामुदायिक विदामा खुमच्याएर मुश्लिम समुदायको उपेक्षा गरेकाले बाध्य भई बिरोधमा उत्रनु परेकोे बताए ।

यस्तै जमियत उलमाए नेपाल सप्तरीका अध्यक्ष मौलाना मो. अयुब मिफताहीले कटौती गरिएका उक्त दुबै विदालाई पुनः राष्ट्रिय विदाको रुपमा घोषणा गर्नुपर्ने आफूहरुको मूल माँग रहेको भन्दै सो माँग पुरा नगरिए मुलुकभर आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group