ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्डिकेट अन्त्य गर्न यातायात मन्त्री र ब्यावसायीबिच सिंहदरबारमा वार्ता


admin
२३ बैशाख २०७५, आइतबार   ८ : २१   बजे

काठमाडौं, २३ वैशाख । यातायात व्यवसायी र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता भइरहेको छ।

यातायात मन्त्री रघुवीर महासेठले सिन्डिकेट विरुद्धको सरकारको अभियानमा साथ दिने लिखित प्रतिबद्धता व्यक्त गरेर छुटेका व्यवसायीहरुलाई वार्तामा बोलाएका हुन्। अहिले वार्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चलिरहेको छ।

वार्ता सफल नभए आफूहरुको आन्दोलन जारी राख्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। सरकारको सबै नियम, कानुन मान्ने र सिन्डिकेट विरुद्धको सरकारको अभियानमा साथ दिने लिखित प्रतिबद्धता गरेर अध्यक्ष कर्माचार्यसहित महासंघका अधिकारीहरु आइतबार छुटेका थिए।

तर, कर्माचार्य भने आफूहरु बिनासर्त छुटेको दाबी गर्छन्। उनले भने,‘नागरिकको हिसाबले हामीले देशको कानुन मान्छौं भनेका हौं । हामीले कहिल्यै सिन्डिकेट नै गरेका छैनौं, त्यसकारण सिन्डिकेट गर्दैनौं भनेर हस्ताक्षर गरेका हौं।’

समितिहरु खारेज गर्ने तथा देशभर रुट परमिट खुला गरेको सरकारको विरोधमा यातायात व्यवसायीहरुले गत शुक्रबार देशभर गाडी थन्क्याएर हडताल गरेका थिए। त्यसपछि गृह मन्त्रालयले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो। महासंघका अध्यक्ष कर्माचार्य, महासचिव सरोज सिटौला लगायत पदाधिकारीहरु काठमाडौंमा पक्राउ परेका थिए।

पक्राउ परेका अध्यक्षसहित केन्द्रीय पदाधिकारीहरु नै कागज गरेर रिहा भएसँगै देशभरबाट पक्राउ परेका अन्य व्यवसायी पनि कागज गरेर छुट्दै छन्। केही व्यवसायी शनिबार नै छुटेका थिए।

२७ गतेदेखि गाडी अनिश्चितकालीन रुपमा थन्क्याउने योजनामा रहेका व्यवसायी विरुद्ध सरकार आक्रामक बनेपछि उनीहरु निरीह बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group