ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकै शक्तिशाली ब्यक्तिमा सी जिनपिङ , नवौ स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी


एबीसी न्यूज
३० बैशाख २०७५, आइतबार   ७ : २१   बजे

काठमाडौं, वैशाख ३० – चिनियाँ राष्ट्रपति सी जिनपिङ विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति बन्नुभएको छ ।

विश्वका शक्तिशाली व्यक्तिको सूची प्रकाशित गर्ने पत्रिका फाेर्ब्सले सन् २०१८ का लागि चिनियाँ राष्ट्रपति सी विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति रहेको जनाएको हो ।सी गएको वर्ष फोर्ब्सको सूचीमा चौथो शक्तिशाली व्यक्ति हुनुहुन्थ्यो । चीनको संसदले गएको मार्चमा सी विचारधारलाई अनुमोदन गरेपछि सी झनै शक्तिशाली बनेको फोर्ब्सले जनाएको छ ।

सी विश्वको सबैभन्दा धेरै जनसङ्ख्या र दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको कम्युनिष्ट पार्टीको महासचिव समेत हुनुहुन्छ । भष्ट्राचारको अन्त्य र चीनमा इन्टरनेटमा गरिएको सेन्सरसीपमबाट उहाँ थप चर्चित भएको फोर्ब्सले जनाएको छ ।

पुटिन दोश्रोमा

शक्तिशाली व्यक्तिको दोस्रो स्थानमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पर्न सफल हुनुभएको छ । ६५ वर्षका पुटिन सन् २०१३ देखि २०१७ सम्म लगातार विश्वको सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो ।

चौथोपटक रुसको राष्ट्रपति चुनिएका पुटिन दुईपटक राष्ट्रपति भइसकेपछि पनि सन् २००८ मा रुसको प्रधानमन्त्री समेत बन्नुभएको थियो । त्यसपछि कानून परिमार्जन गरेर उहाँ फेरि रुसको राष्ट्रपति बन्नुभएको हो । यूरोपलाई तेल र ग्यास बेच्ने रुस पुटिनको समयमा थप शक्तिशाली भएको छ । अमेरिकाको राष्ट्रपतीको चुनावमा रुसी संलग्नता रहेको विषयमा केही विवादमा परेका पुटिनले त्यसमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आउनुभएको छ ।

ट्रम्प तेश्रोमा

विश्वको सबैभन्दा शक्तिशाली मानिने देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने विश्वको शक्तिशाली व्यक्तिको तेस्रो स्थानमा पर्नुभएको छ । ७१ वर्षका ट्रम्प सन् २०१७ को जनवरीमा अमेरिकाको राष्ट्रपति चुनिनुभएको हो ।

व्यापारीक घरानाका अर्बपति ट्रम्प उग्र भनाईका कारण पटकपटक विवाद र आलोचनाका कारण तल झर्नुपरेको हो ।

चौथोमा मर्केल

फोर्ब्सको सूची अनुसार विश्वकै चौथो शक्तिशाली व्यक्तिको सूचीमा जर्मन चान्सलर एङ्गेला मार्केल पर्नुभएको छ ।

६३ वर्षकी मर्केल महिलातर्फ सबैभन्दा शक्तिशाली व्यक्ति पनि बन्नुभएको छ ।

बेजोफ पाँचौमा

शक्तिशाली व्यक्तिको पहिलोदेखि चौथो नम्बरसम्म राजनीतिक व्यक्ति रहेकोमा पाँचौ नम्बरमा भने व्यापारीक व्यक्ति परेको फोर्ब्सले जनाएको छ ।

जसअनुसार व्यापारिक कम्पनी अमेजन डट कमका प्रमुख कार्यकारी अधिकृत ५४ वर्षका जेफ बेजोफ पाँचौ नम्बरमा पर्नुभएको हो ।

सन् २०१७ मा नवौ स्थानमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक पनि नवौं स्थानमै कायम रहेको फोब्र्सले जनाएको छ ।

त्यस्तै, दशौ स्थानमा रहेका फेसबुकका संस्थापक मार्क जुकरवर्ग भने यसपटक ३ स्थान तल धकेलिनुभएको छ । ३३ वर्षका जुकरवर्ग यसपटक १३ औं स्थानमा पर्नुभएको हो  ।

फोर्ब्सका अनुसार छौटौ स्थानमा रोमन क्याथोलिक चर्चका ८१ वर्षका पोप फ्रन्सिस पर्नुभएको छ । विश्वका शक्तिशाली व्यक्तिको सातौ स्थानमा बिल एण्ड मेलिण्डा फाउण्डेसनका बिल गेट्स पर्नुभएको छ । विल गेट्स सन् २०१७ मा पनि सातौ नम्बरमै हुनुहुन्थ्यो ।

यसैगरी, आठौं स्थानमा साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान अल साउद पर्नुभएको छ । राजकुमार बिन ३२ वर्षका हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको नवौ शक्तिशाली व्यक्ति रहेको फोर्ब्सले जनाएको छ । ६७ वर्षका मोदी अघिल्लो वर्ष पनि नवौं स्थानमा नै हुनुहुन्थ्यो । त्यस्तै १० औं स्थानमा अल्फाबेट कम्पनीका सीईओ ल्यारी पेज हुनुहुन्छ । ल्यारी सन् २०१७ मा फोब्र्सको सूचमा आठौ नम्बरमा हुनुहुन्थ्यो ।  यसैगरी फ्रान्सका राष्ट्रपति ४० वर्षका इम्यानुअल म्याक्रोन १२ औं स्थानमा परेको फोब्र्स पत्रिकाले जनाएको छ ।  बेलायतकी प्रधानमन्त्री टेरिजा मे १४ स्थानमा पर्न सफल हुनुभएको छ ।
स्रोत –फोब्र्स पत्रिका 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group