ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बने सुखराम छोराको चाहनाले ८३ वर्षको उमेरमा बेहुला


एबीसी न्यूज
२ श्रावण २०७५, बुधबार   ११ : २१   बजे

एजेन्सी,२ श्रावण । एउटा छोराको चाहनाले सुखराम बैरवा ८३ वर्षको उमेरका बेहुला बनेका छन् । दुई दिन पहिले राजस्थानको करौली जिल्लाको सेभरदा गाउँमा उनले आफूभन्दा ५३ वर्ष कान्छी रमेशीसँग विवाह गरेका हुन् ।

हिन्दू परम्पराअनुसार मंगल गीत गाएर धुमधामसँग उनको विवाह भएको थियो । विवाहपछि प्रहरीले कानुनी कारबाहीको बाटो अँगाल्छ कि भनेर सुखरामको परिवार चिन्तित देखिए पनि प्रहरीले भने आफूलाई घटनाका बारेमा केही जानकारी नभएको बताएको छ । वैवाहिक समारोहमा सुखरामकी पहिली श्रीमती पनि उपस्थित थिइन् ।

स्थानीयबासीका अनुसार सुखरामसँग बिहे गर्ने रमेशीका सात दिदीबहिनी छन् । रमेशी सबैभन्दा कान्छी हुन् । सुखरामका दुई छोरीको बिहे पनि भैसकेको छ ।

सुखरामका एक्ला छोरा कान्हुको केही समय पहिले निधन भएको थियो । सुखरामका ज्वाईँ पप्पुका अनुसार रमेशीको उमेर ३० वर्ष रहेको छ । पप्पुका तीन छोरा र एक छोरी रहेका छन् ।पहिले छोरीका छोरामध्ये कुनै एकलाई पाल्ने योजना बनाएका सुखरामले पछि भने विवाह नै गरे । पप्पुले भने, ‘सबैको विचार विवाह गर्नेमै भयो ।

नेपाल तथा भारतमा वंश धान्न छोरा नै हुनुपर्छ भन्ने गलत मानसिकताका कारण बुढ्यौलीमा पनि विवाह गर्ने वा बहुविवाह गर्ने कुरा एउटा परम्परा जस्तै बन्दै आएको छ ।

सुखरामको स्वास्थ्य अवस्था ठिकै रहेको छ । छोराको अभावले विवाह गरेकाले अब सुखराम परिवार छोराको पर्खाइमा रहेका छन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu