ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परामर्श समितिका सचिवको राजीनामा, रोहिंग्या समस्या झन जटिल


एबीसी न्यूज
६ श्रावण २०७५, आइतबार   ६ : ३२   बजे

याङ्गोन, ६ साउन ।  म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको सामाधानका लागि नियुक्त भएका एकजना अन्तर्राष्ट्रिय परामर्श समूहका एक जनाले राजीनामा दिएपछि यहाँको रोहिंग्या समस्या समाधानमा थप जटिलता उत्पन्न भएको छ ।

थाइल्याण्डका एकजना पूर्वसांसद तथा म्यानमारका लागि पूर्वथाई राजदूत कोबसाक चुटिकुलले सो परामर्श समितिको सचिवबाट राजीनामा दिनु भएको हो । राखिन राज्यमा जारी रोहिंग्या मुस्लिम समुदायका नागरिकमाथि परेको समस्या र उनीहरुप्रति राज्यको सेनाका तर्फबाट गरिएको भनिएको व्यवहारका बारेमा अध्ययन गरी समाधानका उपायहरु सुझाउन सो समिति बनेको थियो ।

म्यानमारका विदेशमन्त्री आङ सान सुकीले गठन गर्नुभएको सो समितिलाई रोहिंग्या शरणार्थीका बारेमा अध्ययन गरी उनीहरुलाई घर फर्काउने उपायका बारमा सुझाव दिने कार्यादेश तोकिएको थियो । उक्त समितिमा छिमेकी देशहरुबाट पनि केही सदस्य राखिएको छ र यसलाई अन्तर्राष्ट्रिय परामर्श समूह नाम दिइएको छ ।

एएफपी समाचार समितिले शनिबार सो जानकारी दिएको छ । म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वका कारण त्यहाँ रहेका सात लाखभन्दा बढी रोहिंग्या मुसलमान नागरिक छिमेकमा पर्ने राष्ट्र बङ्गलादेशमा शरण लिएर बसेका छन् ।

यस समस्याको समाधानका लागि त्यहाँका राष्ट्रिय सल्लाहकार तथा विदेशमन्त्री आङ सान सुकीले नियुक्त गर्नुभएको अन्तर्राष्ट्रिय परामर्श समूहका सचिवले राजीनामा दिएपछि उक्त समस्या समाधानको बाटो पहिल्याउन केही गाह्रो पर्न सक्ने विश्लेषकहरुको भनाइ छ ।

म्यानमारको उत्तरी राज्य राखिनमा गत वर्षको अगस्त महिनाबाट म्यानमारको सैनिकले दमन गरेको र यसका कारण रोहिंग्या समुदायका लाखौँ मानिसले देश छोड्न बध्य भएका थिए । उनीहरु छिमेकमा पर्ने देश बङ्गलादेशको कोक्स् बजार पुगेका थिए । ती शरणार्थी अहिले पनि त्यहीँ छन् ।

म्यानमारको राखिन राज्यमा अहिले पनि ‘जातीय सफाया’ सरह नै नागरिकमा दमन जारी रहेको संयुक्त राष्ट्रसंघीय अधिकारीहरु जनाउँदै आएका छन् । बङ्गलादेशमा बसेका ती शरणार्थीहरुले आफ्नो जन्मथलो अहिले पनि त्यस्तै असुरक्षित अवस्थामा नै रहेको भन्दै घर फर्किन गाह्रो हुने प्रतिक्रिया दिँदै आएका छन् ।

उनीहरुमाथि अहिले पनि ज्यादती जारी रहेको र जसका कारण राखिन राज्यमा रहेका रोहिंग्या शरणार्थीहरुले आफ्नो जीविकोपार्जन गर्न नपाएको गुनासो रहँदै आएको छ । उनीहरुले जतिसक्दो चाँडो आफ्नो थात थलोमा फर्किन पाउँ भनी विश्व समुदायसँगै अपिल गर्दै आएको भए पनि उनीहरु घर फर्किने दिन कहिले आउने हो भन्ने विषय भने अन्यौलमै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group