ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   ५ : ४४   बजे

एजेन्स,१३ साउन । इजरायली हवाई आक्रमणबाट उत्तरी गाजा क्षेत्रमा आइतबार दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता गाजा अश्रफ अल–क्वेद्राका अनुसार मारिनेमा २४ वर्षका दुई युवा आयमान अल–नज्जर र मुहान्द हमौदा रहेका छन् ।

तथापि, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको भनाइलाई अस्वीकार गर्दै इजरायली सेनाले हवाई आक्रमणबाट कुनै पनि प्यालेस्टिनीको मृत्यु नभएको दाबी गरेको छ । सेनाले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गर्ने क्रममा प्राविधिक त्रुटीका कारण विस्फोट भएर दुवैको मृत्यु भएको जनाएको छ ।

केही हप्तादेखि इजरायलले गाजा क्षेत्रमा पटकपटक हवाई हमला र तोपबाट आक्रमण गरिआएको छ जसबाट दर्जनौं प्यालेस्टिनीको मृत्यु हुनुका साथै घाइते भएका छन् । प्यालेस्टिनीहरुले समेत दक्षिणी इजरायलमा रकेट आक्रमण जारी राखेका छन् ।

पछिल्ला यस्ता घटनाक्रम बढ्दै गएपछि इजिप्ट, कतार र संयुक्त राष्ट्रसंघले परिस्थितिलाई शान्त तुल्याउन भरमग्दुर प्रयास गरिरहेका छन् । प्यालेस्टिनीहरुले इजरायली नाकाबन्दीको बिरोध स्वरुप आयोजना गरेका र्यालीमा इजरायलले गरेको कारबाहीबाट करिब १५५ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १७,००० भन्दा बढी घाइते भएको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

बाढीमा १६ जनाको ज्यान जोगाउने जुनमाया : ‘आफूसँग लगाएको एक जोर कपडा मात्रै बाँकी छ’

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu