ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियामै उत्कृष्ट मानिएको नेपाल प्रहरी निर्मला प्रकरणमा उपलब्धि विहिन ( भिडियाेसहित)


एबीसी न्यूज
१७ कार्तिक २०७५, शनिबार   ८ : ४८   बजे

काठमाडौं, १७ कार्तिक  ।  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको शुक्रबार सय दिन पुरा भएको छ । तर निर्मलाका अविभावक अझै पनि न्यायका निम्ति भौतारिइ रहेका छन । एसियामै उत्कृष्ट मानिएको नेपाल प्रहरी निर्मला प्रकरणमा उपलब्धि विहिन भएको छ भने प्रहरी आफै यसमा मुछिएको छ ।

नागरिक समाजबाट प्रहरी र सरकारको मात्र आलोचना नभइ राज्य व्यवस्थाप्रति असन्तुष्ट जाहेर भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एकसय दिन पूरा भयो । गत साउन १० गते साथीको घरमा पढ्न भनेर गएकी निर्मला पन्त कहिल्यै घर फर्किनन् । पन्तको बलात्कार पछि हत्या भयो । शव भोलिपल्ट उखुबारीमा भेटियो । त्यसपश्चात निर्मलालाई न्यायका लागि भन्दै देशव्यापी आन्दोलन चल्यो । यो आन्दोलन अझै जारी छ । घटनाको छानवीनका लागि विभिन्न समितिहरु बने । जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरिए । सीआईबी, गृहमन्त्रालयको टोली अनुसन्धानका लागि भन्दै कञ्चनपुर पुग्यो । समिति माथि समिति बने । कञ्चनपुरका तत्कालिन एसपी बर्खास्तीमा परे । तर, अझै पनि वास्तविक हत्यारा को हो भन्ने पत्ता लाग्न सकेको छैन ।

सरकारसंग अझै पनि फुस्रो गफ मात्र छ, सरकार आश्वासन मै सीमित छ । नागरिक समाज मात्र होइन सबै सरोकारवाला निकाय आ–आफ्नै तर्क मात्र गर्छन् । यौनजन्य हिंसा देशैभर बढ्दो छ । दण्डहीनता बढ्दै गएको छ । सरकारले विकास र समृद्धिको चर्र्काे भाषाण गर्नुभन्दा पनि देशमा मौलाइरहेको अपराधिक गतिविधिको सम्बोधन गर्न अपरिहार्य भएको बताउंछन नागरिक अगुवा डाक्टर सुन्दरमणि दीक्षित । वालबालिकाहरुको जीवन र अस्मिताको रक्षाका नागरिक खबरदारी जरुरी रहेको उनको तर्क छ ।

पछिल्लो समय देशमा यौनजन्य हिंसा बढ्दै जानु र भएको घटनाहरुमा पीडितले न्याय नपाउनुको मुख्य समस्या हरेक क्षेत्रमा भएको राजनीतिकरण भएको तर्क गर्छन् संविधानविद् डा.काशीराज दाहाल ।

राज्यको स्पष्ट अवधारणाको अभावमा राष्ट्र आफैले यौनजन्य हिंसा बढाइ रहेको कतिपय मानवअधिकारकर्मीहरुको टिप्पणी छ । देशमा यौनजन्य हिंसा कमि गर्न अन्तराष्ट्रिय मान्यता अनुरुप शिक्षा, स्वास्थ्य र सुरक्षामा सरकारको प्रभावकारि उपस्थिति हुन जरुरी रहेको उनीहरुको तर्क छ ।

यौनजन्य हिंसा स्वाभाविक रुपमा बढ्दै गएको छ । घटेका अधिकांश घटनाहरुमा प्रहरीले सफल अनुसन्धान पनि गरेको छ । तर पछिल्लो समय यौनजन्य हिंसाका घटना आफ्नै परिवारका सदस्यबाट हुने गरेको तथ्याङ प्रहरीसंग रहेको छ ।

निर्मला पन्त एउटा प्रतिविम्वित पात्र मात्र हुन् । पछिल्लो समय बढ्दै गएको यौनहिंसा जस्तो जघन्य अपराधको संख्या प्रत्येक दिन बढ्दै गएको छ । जसको मुख्य पीडित १६ वर्ष मुनिका बालिकाहरु पर्ने गरेका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार १८ वर्ष मुनिका ६४ प्रतिशत वालिकाहरु यौन हिंसाको शिकार हुने गरेका छन् ।

सन् २०१३ मा १८ सय उजुरी थियो भने सन् २०१८ मा बृद्धि भइ १२ हजार भन्दा बढि भएको छ । नेपाल प्रहरीको तथ्याङक अनुसार साउनदेखि असोजसम्म मात्र ७ सय बढि महिला तथा बालिका यौन जन्य हिंसाको सिकार बनेका छन् । यस्ता तथ्यांकले सुरक्षित राज्यको परिकल्पनालाई चुनौती दिइरहेका छन् । यसतर्फ सबै पक्ष समयमै गम्भीर हुन जरुरी छ ।

https://www.facebook.com/abctelevision/videos/250835608915525/

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group