ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेस जिल्ला सभापति भेला, हावाहुरीबाट प्रभावित बस्तीमा राहत दिने विषयमा छलफल


admin
२० चैत्र २०७५, बुधबार   ३ : ५९   बजे

काठमाडौं,२० चैत । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको अनौपचारिक भेलामा बारा र पर्साका हावाहुरीबाट प्रभावित बस्तीमा राहत दिने विषयमा छलफल भएको छ ।

यहाँ शुरु भएको दुई दिने भेलामा हावाहुरीबाट प्रभावित बस्तीमा जिल्ला सभापतिका तर्फबाट गर्ने सहयोग र राहतका विषयमा छलफल भएको रोल्पाका जिल्ला सभापति अमरसिंह पुनले जानकारी दिनुभयो ।

आइतबार बारा र पर्सामा आएको हावाहुरीबाट दुई दर्जन बढी व्यक्तिको निधन भएको थियो भने सयाँै घाइते भएका थिए । खासगरी नेतृत्वलाई आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले भेला आयोजना गरिएको हो । भेलामा मुख्यरुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय उठेको उहाँले बताउनुभयो ।

भेलामा तीन दर्जन बढी जिल्ला सभापतिको उपस्थिति रहेको बताइएको छ । यद्यपि संस्थापन पक्षका जिल्ला सभापतिको भने उपस्थिति नभएको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिनुभयो । उहाँले जिल्ला सभापतिको कुनै औपचारिक भेला तथा कार्यक्रम नभएको समेत स्पष्ट पार्नुभयो ।

भेलामा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेला सम्पन्न भएपछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी गर्ने तयारी गरिएको छ । काङ्ग्रेस महासमिति बैठकको भावनाअनुसार पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय नभएको जिल्ला सभापतिको आरोप छ ।

काङ्ग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो । उक्त भेलाका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयले भने कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group