ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति विद्यादेवी भण्डारीबाट चीनको टेराकोटा म्युजियमको अवलोकन


एबीसी न्यूज
१२ बैशाख २०७६, बिहिबार   १ : ४५   बजे


काठमाडौँ १२ वैशाख । छिमेकी मित्रराष्ट्र चीनको ९ दिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको टेराकोटा वरिर्यज म्युजियमको अवलोकन गर्नुभएको छ ।
टेराकोटा आर्मी चीनको सबभन्दा महत्वपूर्ण एक पुरातात्तिवक खोज हो ।

पश्चिमी चीनको सिआन शहरमा रहेको छिङ वंशका प्रथम सम्राटको समाधिस्थल विश्वका सम्राटहरुका समाधिस्थलहरुमध्ये सबैभन्दा ठूलो र विशेषखालको समाधिस्थल हो ।
त्यस समाधिस्थलमा रहेका टेराकोटा सिपाहीहरु इजिप्टको पिरामिड जत्तिकै प्रशिद्ध छन जसलाई विश्वका आठवटा आश्चर्यमध्ये एक मानिएको छ।

त्यस समाधिस्थलको निर्माणका लागि उनले देशभरिका सात लाख मानिसहरुलाई लगाएका थिए। ती मानिसहरुले झण्डै चालिस वर्ष लगाएर सो समाधिस्थलको निर्माण गरेका थिए।

त्यस समाधिस्थल चीनको पल्लो सान्सी प्रान्तको सिआन शहरको कछाड क्षेत्रको लि शान पहाडमा अवस्थित छ जसको क्षेत्रफल छपन्न वर्ग्किलोमिटर छ । त्यस समाधिस्थल दक्षिणदेखि उत्तरसम्म तीन सय पचास मीटर र पूर्वदेखि पश्चिमसम्म तीन सय पैतालिस मीटर छ। त्यस समाधिको उचाइ छहत्तर मीटर छ । चीनका पूरातत्वविदहरुले त्यस समाधिस्थलको वरिपरि पाँच सयभन्दा बढी चिहानहरु पत्ता लगाएका छन। ती चिहानहरु त्यस समाधिस्थलको निर्माण गर्ने मानिसहरुको चिहान हुन। ती पूरातत्वविदहरुले समाधिस्थलमा टेराकोटा सिपाहीहरु पनि पत्ता लगाए ।

सन् ०९७४ मा स्थानीय बासिन्दाहरुले एउटा इनार खन्नलाग्दा धेरै पूराना इँट र विशेषखालको माटो निस्केको थियो। पूरातत्वविदहरुले ती इँटका टुक्रा तथा माटो देख्नेबित्तिकै एउटा पत्तालागेको अनुमान गरे । त्यसपछि त्यहाँ उत्खनन गर्दा विश्व प्रख्यात टेराकोटा सिपाही देखा परे। उत्खननपछि त्यहाँ टेराकोटा सिपाहीहरु गाडिएको स्थानमा पाँच सय सिपाहीहरु, अठारवटा सैनिक वाहन र एक सयभन्दा बढि घोडा भेट्टिएका छन। ती सिपाहीका मूर्तिहरु सबै मानिसको औषत उचाइ एक दसमलब आठ मीटर छ।

यी मूर्तिहरुमा छिङ वंशको उच्चस्तरीय कला प्रतिबिम्बित भएको छ। विश्वका विभिन्न मुलुकका जनतालाई टेराकोटा एकदमै मन पर्छ। अधिकांश विदेशी पर्यटकहरुले टाढा–टाढाबाट चीन आएर यी टेराकोटा सिपाहीको अवलोकन गर्नेगरेका छन। केही वर्षदेखियता त्यस समाधिस्थलमा पचास हजारभन्दा बढी महत्वपूर्ण ऐतिहासिक वस्तु फेला पारिएको छ। सन १९८०मा चीनका पूरातत्वविदहरुले त्यस समाधिस्थलमा फलामको घोडा–गाडी पत्ता लगाएका थिए ।

त्यो घोडा–गाडीको आकार वास्तविक घोडा–गाडीको आधा जति छ । सन १९८७ मा युनेस्कोले त्यस समाधिस्थल र टेराकोटा सिपाहीहरुलाई विश्व साँस्कृतिक संपदा सूचीमा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group