ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति विद्यादेवी भण्डारी राजधानी बेइजिङमा ( भिडियोसहित)


एबीसी न्यूज
१२ बैशाख २०७६, बिहिबार   ७ : २९   बजे


काठमाडौं ,१२ बैशाख । चीनको ९ दिने राजकीय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज राजधानी बेइजिङ पुग्नुभएको छ । नेपाल एयरलाइन्सको चार्टर विमानबाट सियान हुंदै बेइजिङ विमानस्थलमा पुग्नुभएको राष्ट्रपति भण्डारीलाई चिनिया विदेशमन्त्री वाङ यीले स्वागत गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी हिजो सान्सी प्रान्तको सियान पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले भोलि दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको उद्घाटन सत्रमा नेपालका राष्ट्रपतिको उपस्थितिलाई चीनले विशेष महत्व दिएको छ ।

पर्सिसम्म चल्ने सम्मेलनका विभिन्न सत्रमा राष्ट्रपति भण्डारीले अध्यक्षता समेत गर्नुहुनेछ । वेइजिङमा रहंदा भण्डारी र चिनिया समकक्षी सि जिङपिङबीच उच्चस्तरीय भेटवार्ता हुनेछ ।

राष्ट्रपति सीले भण्डारीको सम्मानमा चिनिया जनमुक्ति सेनाले गार्ड अफ अनर दिनेछ । दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता समेत हुने कार्यक्रम छ । दुवै राष्ट्रपतिको उपस्थितिमा पारवहन र यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चीन भ्रमणका क्रममा सहमति गरिएको प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालले चिनिया बन्दरगाह र सडक उपभोग गर्न पाउनेछ । यस्तै, बीआरआईको फ्रेमवर्कबाट विशेष परियोजनामा समेत हस्ताक्षर हुने बताइएको छ । यद्यपी, कुन परियोजनामा हस्ताक्षर हुन्छ भन्नेमा नेपाल र चिनिया अधिकारीहरुले अहिलेसम्म केही खुलाएका छैनन् । राष्ट्रपति भण्डारी शनिबार बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने समारोहमा सहभागी हुनुहुने छ । बेइजिङको भ्रमण पुरा गरी ल्हासा हुंदै भण्डारी बैशाख १९ गते स्वदेश फर्किनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group