ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको नेतृत्वमा आयोजित बिआरआई सम्मेलनले विश्व अर्थराजनीतिमा नयाँ तरंगको श्रृजना


एबीसी न्यूज
१६ बैशाख २०७६, सोमबार   ८ : ३२   बजे

काठमाडौं,१६ बैशाख । नौ दिने चीनको राजकिय भ्रमणमा आज छैठौँ दिन भएको छ । भ्रमणको क्रममा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको पाँचौ दिन नेपाल–चीन लगानीका अवसर तथा आर्थिक सम्बन्ध विस्तार विषयक कार्यक्रमलाई सम्बोधन गरेकी छिन ।

सम्बोधनमा राष्ट्रपति भण्डारीले नेपालमा लगानीको लागि चिनया“ उद्यमी तथा लगानीकर्तालाई आग्रह गरिन् । राष्ट्रपति भण्डारीले नेपालमा उत्साहजनक वातावरण बन्दै गएको बतँइन । भूगोल संस्कृति र परम्पराले जोडेको चीन र नेपालको मित्रता र सहयोग लामो समयदेखि रहदै आएको राष्ट्रिपति भण्डारीले नेपाल एकचीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको सम्बोधनमा व्यक्त गरिन ।

राष्ट्रपति भण्डारीले नेपालमा चीनविरोधी गतिवधि हुन नदिन ठोस कदम चालिएको जानकारी गराइन् । उनले बीआरआईमार्फत नेपालमा लगानीको ढोका खोलेको र स्थायीत्वतर्फ अघि बढेको नेपालमा लगानीको प्रशस्त सम्भावना भएकाले त्यसलाई उपयोग गर्न चिनियँ उद्यमीलाई आग्रह गरिन ।

नेपालमा संविधान निर्माणमार्फत राजनीतिक स्थायित्व सुरक्षित गरिएको जानकारी दिदै उनले अहिलेको सरकार स्थीर र बलियो भएको भन्दै जनताका आकांक्षालाई सम्बोधन गर्न सरकार लागि परेको बताइन । पछिल्लो सयम नेपालका नीति कानुनहरु लगानी मैत्री रहेको नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीका लागि समेत राम्रँे नाफा लिन सक्ने देश भएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह समेत गरिन । राष्ट्रपति भण्डारीले नेपाल चिनिया लगानीलाई स्वागत गर्न आतुर रहेको भन्दै उनले चिनिया लगानी सहजीकरण गर्नु नेपालको उच्च प्राथमिकता राखेको उनको भनाइ थियो ।

भण्डारीले चिनिया पर्यटकका लागि नेपाल राम्रो गन्तव्य भएको भन्दै धेरै टाढाका चिनिया पर्यकटहरु छुट्टी मनाउन जाने भएकोले नजिकै रहेको नेपाललाई सु्न्दर गन्तव्य बनाउनुका लागि आग्रह समेत गरिन । सम्बोधनको क्रममा राष्ट्रपति भण्डारीले नेपालले २०२० लाई नेपाल भ्रमणको रुपमा मनाउनदै गरेको उलेल्ख गर्दै चिनिया“ पर्यटकको भूमिकाको आवश्यकता रहेको उनले बताइन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी मैत्री नीति तथा कानुनहरु परिमार्जनसंगै लगानीको वातावरण बनेको बताएका थिए ।
नेपाली दूतावास र द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाली र चिनिया उद्यमी व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रमकै अवसर पारेर लगानी बोर्ड नेपाल र द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच एमओयू भएको छ । यस्तै, ट्रान्स हिमालयम फ्रेन्डसिप सोसाइटी र द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच पनि दुवै मुलुकमा काम गर्नेगरी सहमतिमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group