ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच शिष्टाचार भेटवार्ता


एबीसी न्यूज
१६ बैशाख २०७६, सोमबार   ३ : ५५   बजे

बेइजिङ, १६ वैशाख । राजकिय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया राष्ट्रपति सी जिङपिङबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा दुई राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता भएको हो । केहीबेर अघिसम्पन्न दुई राष्ट्रपतिबीचको भेटवार्ता पछि दुवै मुलुकका प्रतिनिधिमण्डल सहभागी छलफल भएको थियो । छलफलपछि दुवै राष्ट्रपतिको उपस्थितिमा व्यापार तथा पारवहन प्रोटोकलसहित चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायात मन्त्रीले हस्ताक्षर गर्नुभएको छ । सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुई मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा हस्ताक्षर भएको हो । प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुच उत्तरतर्फको समुद्रसम्म हुनेछ । यसले दुईपक्षीय सम्बन्ध नया उचाइमा पुग्ने विश्वास चीनको छ भने नेपाल एकपक्षीय निर्भरताबाट मुक्त हुनेछ । शिष्टाचार वार्ता हुनुअघि राष्ट्रपति भण्डारीलाई चिनिया जनमुक्ति सेनाले गार्ड अफ अनर दिएको थियो ।

यसअघि, आज बिहान राष्टपति भण्डारीले बेइजिङस्थित तियानमेन स्क्वायरमा राखिएको जनवादी गणतन्त्र चीनका सहिदहरुको स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारी तियानमेन स्क्वायर पुग्दा सम्मानमा राष्ट्रिय धुुन बजाइएको थियो ।
प्रसिद्ध पर्यटकीय स्थलसमेत रहेको तियानमेन क्षेत्रमा नेपाल र चीनका झन्डा फहराइएका छन् ।

भेटवार्तापछि राष्ट्रपति भण्डारी रात्रिभोजमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार नेपाल र चीनका विभिन्न पक्षबीच ३ सम्झौतामा हस्ताक्षर भएको थियो । गएको बुधबार चीन भ्रमणमा जानु भएकी राष्ट्रपति भण्डारी आउँदो १९ गते बिहिबार स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu