ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय संसद्को संयुक्त बैठक सुरु नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन दर्ता


एबीसी न्यूज
२२ बैशाख २०७६, आइतबार   ११ : ४१   बजे

वैशाख, २२ काठमाडौं । सरकारले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि आजबाट प्रतिनिधिसभामा छलफल भएको छ ।

राष्ट्रपतिले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसद्का सदस्यबीच छलफल गर्ने परम्पराअनुरुप प्रतिनिधिसभामा आजबाट त्यसमाथि छलफल भएको हो । छलफल केही दिन जारी रहने छ ।

संसद् सचिवालयका अनुसार, नीति तथा कार्यक्रममाथि विभिन्न ६ वटा संशोधन दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले शनिबार बसेको संसदीय दलको बैठकलगत्तै संशोधन दर्ता गराएको छ । कांग्रेसले राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली संशोधनलाई जोडतोडका साथ उठाएको छ । त्यस्तै, प्रदेश र स्थानीय सरकारको क्षेत्रात्रिकारमाथि हस्तक्षेप गरी संघीयता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत संरचना कमजोर पार्ने कार्यक्रम ल्याइएको भन्दै त्यसलाई परिमार्जन गर्न पनि उसले माग गरेको छ ।

कांग्रेसले सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सक्ने गरी कार्यक्रमगत प्रष्टता नभएको टिप्पणी गरेको छ । नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने र आवश्यक परिमार्जनसहित संसद्बाट पारित गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group