ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले दिए निकायलाई कडा निर्देशन


admin
२२ बैशाख २०७६, आइतबार   ४ : १७   बजे


काठमाडौं,२२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटन् सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आँधि, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आईपर्ने चेतावनी दिईरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुने गरी पूर्व तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भएको हो ।

आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दोस्रो बैठकमा बोल्दै उहाँले विपत्तिका बेला राहत तथा उद्धार र त्यसका लागि आवश्यक सबै उपकरणहरुको व्यवस्था गर्न पनि संघ, प्रदेश र स्थानीय सबै तहका सरकारलाई सचेत गराउनु भएको थियो ।

विपद् व्यवस्थापनका लागि आवश्यक सबै खालको पूर्व तयारीमा जुट्न प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिनु भएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिनु भयो ।

बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीहरुले पनि आ– आफ्नो प्रदेशका विपदको सम्भावना र व्यवस्थापनका लागि गरिएको प्रयासहरुका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट सबैभन्दा बढि प्रभावित प्रदेश २ भएकाले त्यसका लागि विशेष खालको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग माग गर्नु भएको थियो । गर्मीमा आगलागी, हावा-हुरी, वर्षामा डुबान र कटान, हिउँमा शीत लहरका कारण मानिसको ज्यानै जाने अवस्था भएकाले त्यसको व्यवस्थापनका लागि प्रदेश २ मा विशेष व्यवस्था गर्न आफूले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको मुख्य मन्त्री राउतले जानकारी दिनु भयो ।

बैठकले विगतमा गरिएका विपद् व्यवस्थापनको समिक्षा गर्दै आगामी दिनमा संघ, प्रदेश र स्थानीय सरकारबीच विपद् व्यवस्थापनका लागि सहकार्यका साथ काम गर्ने सहमति पनि गरिएको छ । प्रधानमन्त्री आफैं अध्यक्ष रहने सो परिषदमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, गृह सचिव सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group