ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुन्नत समाज निर्माण गर्न पार्टी एकता – डा भट्टराई


एबीसी न्यूज
३ जेष्ठ २०७६, शुक्रबार   ७ : ५४   बजे


काठमाडौं, ३ जेठ । समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले समुन्नत समाजवाद निर्माणका लागि समाजवादी पार्टीको स्थापना गरिएको बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेशको तमुवान–मगरातद्वारा आज यहाँ आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा उहाँले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुका साथै सुशासनलाई टेकेर समृद्ध नेपालको जगमा समुन्नत समाजवादको निर्माण गर्ने पार्टीको लक्ष्य रहेको बताउनुभयो । दुवै पार्टी समाजवादी र लोकतान्त्रिक विचारधाराका रुपमा रहेकाले एक ठाउँमा आएर मुलुकलाई नयाँ विकल्प दिएको उल्लेख गर्दै उहाँले पार्टीलाई बुद्धिमतापूर्ण ढङ्गले प्रथम राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुकको भौगोलिक एकीकरण भए पनि अहिले पनि भाषिक तथा सांस्कृतिक विकास हुन नसकेकाले राष्ट्रिय र बाह्य एकताका लागि पार्टीले ठोस् रुपमा दायित्व निर्वाह गर्ने बताउनुभयो ।

सोही कार्यक्रममा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सामाजिक न्यायमा आधारित राज्य प्रणालीलाई अगाडि बढाउनमा यो एकताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नागरिक स्वतन्त्रता, लोकतन्त्रमा आधारित समानता, विभेद्को अन्त्य र मुलुकलाई समृद्ध बनाउने पार्टीको नीति रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सुशासन, समाजवाद, पहिचानसहितको सङ्घीयता र गरीबी अन्त्य गर्न दुई शक्ति एकीकृत भएको जानकारी गराउनुभयो ।

उहाँले हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्ने कार्य पार्टीले गरेकाले जातीय, धार्मिक, भाषीय र विभिन्न संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका साथै पहिचानसहितको सङ्घीयताका लागि एक्यबद्ध भएर लाग्ने उल्लेख गर्नुभयो । “विदेशीलाई नागरिकता दिनु हुन्न र नेपाली नागरिकको सन्तानलाई राज्यविहीन बनाउनु हुँदैन्”, समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका यादवले भन्नुभयो, “लैङ्गिक समानता, विभेद र गरीबीको अन्त्य गर्नु आवश्यक रहेको छ ।” सो पार्टीका वरिष्ठ नेता अशोक राईले रहर र लहडमा पार्टी एकता नगरेको उल्लेख गर्दै राष्ट्रिय आवश्यकताका लागि दुई पार्टी मिलेर समाजवादी पार्टीको स्थापना गरेको बताउनुभयो ।

उहाँले असङ्ख्य चुनौतीको सामनाका लागि साङ्गठनीक रुपमा पार्टीलाई बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभयो । पार्टीका नेता देवीप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव गङ्गालाल श्रेष्ठ, उपमहासचिव प्रकाश अधिकारी, सचिव दुर्गा स्वारलगायतले हिमाल, पहाड र तराईको एकताका रुपमा पार्टीको स्थापना भएको धारणा व्यक्त गर्नुभएको थियो । (

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group