ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा र विकास विना समृद्धि सम्भव छैन – गृहमन्त्री


एबीसी न्यूज
१९ जेष्ठ २०७६, आइतबार   ७ : ५१   बजे


काठमाडौँ, १९  जेठ । गृहमन्त्री रामबहादुर थापाले विकास, शुसासन र सुरक्षाविना मुलुक समृद्ध हुन नसक्ने बताउनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित सामुदायिक सेवा केन्द्रले शनिवार आयोजना गरेको स्वास्थ्य शिक्षा सचेतना कार्यक्रममा गृहमन्त्री थापाले जनता र राष्ट्रको सेवा गर्ने अठोटका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य लिएर सरकार अघि बढेको उल्लेख गर्नुभयो ।

जनतालाई कसरी छिटोभन्दा छिटो समृद्धिको शिखरमा पु¥याउने भन्नेमा सरकार चिन्तित रहेको गृहमन्त्री थापाको भनाइ छ । गरीब र दुःखी जनतालाई सुखी बनाउन पनि देशलाई समृद्ध बनाउनुपर्ने बताउँदै उहाँले समृद्धिबाट मात्रै जनता सुखी हुने जिकिर गर्नुभयो ।

“विकासविना समृद्धि सम्भव छैन, त्यसैले सरकारले छोटो अवधिमा विकास गर्ने सङ्कल्प गरेको छ, त्यसैलाई केन्द्रित गरेर बजेटमार्फत भर्खरै विकासका योजना प्रस्तुत गरेको छ”, गृहमन्त्रीले भन्नुभयो । वृद्धवृद्धालाई संरक्षण गर्ने दायित्व राज्यको भएकाले वृद्धभत्ता बढाएर सरकार अघि बढेको बताउँदै उहाँले दिदीबहिनीको संरक्षण कसरी गर्ने, राहत कसरी दिने भन्ने कुरा पनि योजनामा रहेको बताउनुभयो ।

देशमा भएका लाखौँ बेरोजगारलाई कसरी रोजगारी र राहत दिने भन्ने बारेमा समेत सरकारले योजना अघि सारेको उल्लेख गर्दै गृहमन्त्री थापाले कोही पनि रोगले नमरुन्, कोही पनि भोगले नमरुन् र कोही पनि आवासविना शीत र गर्मीले नमरुन् भनेर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा योजना र स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताउनुभयो । सो क्रममा गृहमन्त्री थापाले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी दोसल्ला ओढाएर कदरपत्रले सम्मान गर्नुभएको थियो ।

गृहमन्त्री थापाले ज्ञानको शिखर पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको समेत बताउनुभयो । जोशीले सामुदायिक सेवा केन्द्रले मानवीय सेवा गर्दै आएकामा प्रशंसा गर्नुहुँदै आजको जमानामा सबैभन्दा ठूलो कर्तव्य सेवा भएको बताउनुभयो । गृहमन्त्रीबाट सम्मानित हुन पाउँदा गौरवान्वित भएको जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group