ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमल थापाले मागे पुर्व राजा र बिप्लव सहितको गोलमेच सम्मेलन


sharan sharan
२१ जेष्ठ २०७६, मंगलबार   ९ : ५८   बजे

बुटवल, २१ जेठ ।
राप्रापाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पुर्व राजादेखि विप्लब माओवादी समेटेन गरि गोलमेच सम्मेलन आजको आवश्यकता भएको बताउनुभएको छ ।
मंगलबार बुटवलमा राप्रपा प्रदेश नं. ५ का कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले १२ वर्षको लोकतन्त्रको अभ्यासको अवधिमा जनता र देशको विकास र समृद्धिको पक्षमा कुनै काम हुन नसकेको दुखेसो गर्नुभयो । गरिबी बेरोजगार, भष्ट्राचार, नेपालको धर्म र र्सस्कृतिमा माथि आक्रमण, राष्ट्र विखण्डनको खतरा, लोकतन्त्रको आवरणमा सर्वसत्ताबाद र शान्ति प्रक्रिया टुगियो भनेको बेला माओवादी शक्तिको पुर्नउत्थान गरि ६ वटा मुख्य चुनौतीहरु देखा परेको उहाले बताउनुभयो ।
देश ऋणबाट चलेको भन्दै उहाले यस्तो दयनिय अवस्थामा सरकारबाट अर्थतन्त्र उकास्ने गरि योजना ल्याउन नसक्नु दुखद भएको बताउनुभयो । देशमा सतही विकास भएको भएपनि ठुलो र दरो विकास हुन नसकेको उहाले बताउनुभयो । तथ्याकबाट नै गरिब र धनिका बिचमा खाडल बढ्दै गएको पुष्टि गर्दै उहाले यसलाई सम्बोधन गर्न सरकार चुकेको बताउनुभयो । धर्मनिरेपेक्षताको नाममा धर्म परिवर्तनको काम संगठित रुपमा नै अघि बढेको उहाले बताउनुभयो । अहिलेको संघियताको स्वरुप सुधार गर्न समेत उहाले सुझाव दिदै केन्द्रमा एउटा सरकार र स्थानिय तहलाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो ।
देशको सबै प्रदेशहरुमा प्रदेश कार्यालय स्थापना गर्ने काम शुरु भएको भन्दै उहाले १२ जिल्लामा नै पार्टीको विस्तार र प्रभाव तिब्र रुपमा हुने बताउनुभयो । गत निर्वाचनमा निरासाजनक परिणाम आएपनि कार्यकर्ताहरुमा छाएको निरासालाई पछिल्लो समय संगठन सुदृद्धिकरण, मेचीमहाकाली यात्रा, जनसंघणको कार्यक्रमले पार्टी पंक्ति पुर्नजागृत भएको दाबी गर्दै पार्टीको भविष्यप्रति आमजनतामा विश्वासको वातावरण सृजना भएको बताउनुभयो । काग्रेस र कम्न्युष्टको बिकल्पको विरुद्धको शक्तिका रुपमा राप्रपा भएको भन्दै उहाले देशलाई एउटा बलियो राष्ट्रबादी प्रजातन्त्रबादी धार पार्टीमार्फत राप्रपाले अगाडी बढाएको बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री तथा पार्टी उपाध्यक्ष दिपक बोहराले पछिल्लो निर्वाचनमा जनताले पार्टीलाई एकतावद्ध गर्न म्याण्डेड दिएको बताउनुभयो । पार्टीको क्रियाकलाप र नीतिले नै राष्ट्रबाद भएको पुष्टि गरेको भन्दै उहाले टुटफुट हटाउन सके देशमा अबको सरकार बनाउने काम राप्रपाले गर्ने समेत उहाले दाबी गनुभयो । देशमा धर्म परिवर्तनको विषय गम्भिर भएपनि धर्म परिवर्तन गर्ने एकजनालाई पनि सरकारले कारवाही नगरेको उहाले दुखेसो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group