ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि


एबीसी न्यूज
२२ जेष्ठ २०७६, बुधबार   ३ : ४७   बजे

 

काठमाडौं,२२ जेठ । प्रदेश नं २ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल राष्ट्रिय जनता पार्टी ९राजपा०कै प्रदेशसभा सदस्यले असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध संशोधन प्रस्ताव दर्ता गराउने चेतावनीसमेत उहाँहरुले दिनुभएको छ ।

राजपाका महासचिव तथा प्रदेशसभा सदस्य मनिषकुमार सुमनले देश धर्मनिरपेक्ष भइसकेको अवस्थामा प्रदेश सरकारले मठमन्दिरसहितका पर्यटकीय क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएर हिन्दूवादी चरित्र प्रस्तुत गरेको आरोप लगाउनुभयो । नीति तथा कार्यक्रममा प्रदेशका प्रमुख कुरासमेत छुटेकाले ती सबैलाई समेट्न सुझावसहितको संशोधन प्रस्ताव दर्ता गराउने उहाँले बताउनुभयो ।

कृषि प्रधान प्रदेश बनाउने भनिए पनि सिँचाइका लागि ठोस योजना नल्याएको गुनासो गर्दै राजपाका प्रदेशसभा सदस्य बिक्की यादवले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायत सबै क्षेत्रको अवस्था नाजुक रुपमा राखिएको आरोप लगाउनुभयो । धेरै योजना ल्याएर प्रदेश कहिल्यै बन्न नसक्ने जिकिर गर्दै उहाँले किसानको उत्पादन बढाउने, रोजगारी सिर्जना गर्न उघु उद्योग स्थापनाका लागि विशेष नीति लिन र किसानले उत्पादन गरेका वस्तु प्रदेश सरकारले खरीद गर्ने खालको विशेष योजना ल्याउन सुझाव दिनुभयो ।

गोलमटोल तरिकाले बजेट ल्याउने र आफ्नो पकेटको मान्छे पाल्ने काम मात्र सरकारका मन्त्रीले गर्न खोजेको आरोप लगाउँदै उहाँले नाराले मात्र प्रदेश समृद्ध बन्न नसक्ने र थोरै भए पनि विशेष योजनासहितको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । राजपाकै अर्का प्रदेशसभा सदस्य नेत्रविक्रम साहले नीति तथा कार्यक्रममा प्रदेश मन्त्रीले आफू निर्वाचित क्षेत्रमुखी योजना ल्याएको आरोप लगाउँदै मठमन्दिरलाई प्राथमिकतामा राखेर योजना ल्याएर प्रदेश समृद्ध नहुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group