ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहीबार जिल्ला इञ्चार्ज र सहइञ्चार्ज टुङ्ग्याउँदै– नेकपा


एबीसी न्यूज
२२ जेष्ठ २०७६, बुधबार   ६ : ४७   बजे

काठमाडौं,२२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै बिहीबार टुङ्गो लगाउने भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा नमिलेको कुरा केही नभएको र छलफल सकारात्मक दिशातिर बढेकाले अब टुङ्गिन मात्र बाँकी रहेको बताउनुभयो । “बैठकमा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा राम्रो छलफल भयो”, उहाँले भन्नुभयो, “इञ्चार्ज र सहइञ्चार्ज बनाउने विषयको नीतिका बारेमा सबै पक्षबाट गम्भीरतापूर्वक छलफल भई सकारात्मक तरिकाले टुङ्ग्याउने दिशातिर अघि बढेको छ । भोलि ९बिहीबार० बिहान ९ बजे सचिवालयको बैठक बसेर जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयलाई टुङ्ग्याउने छौँ ।” उहाँले आजै नै जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाउने गरी बैठक बसे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताले नसकिएको जानकारी गराउनुभयो ।

“पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्को विशेष कारणले गर्दा ठोसरुपमा इञ्चार्ज र सहइञ्चार्ज टुङ्ग्याउने प्रक्रियामा प्रवेश गर्दा गर्दै पनि समयले साथ दिएन”, उहाँले भन्नुभयो । उहाँले भोलि बस्ने बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाएपछि समय बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने जानकारी गराउनुभयो । नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu