काठमाडौं, ५ असोज । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा टिकट बुकिङ खुला गरेपछि आइतबार भने निकै भीडभाड देखिएको छ ।
सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला गरेपछि नयाँ बसपार्कमा रहेका टिकट काउन्टरमा एक्कासि भीड बढेको हो ।
आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैंमा घर जाने सपना पूरा गर्न यात्रुहरू बसपार्कमा पुगेका हुन । नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका स्थानबाट पनि अग्रिम टिकट बुकिङ खुला गरिएपछि यहाँका काउन्टरमा पनि भीडभाड देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्