काठमाडौं, ६ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालका लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता भएको बताउनुभयो । सी जिनपिङ विचारधाराबारे नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बीआरआईले कृषिको आधुनिकीकरण, औद्योगिकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच बढ्ने बताउनुभयो । उहाले त्यसैले बढो सोचविचार गरेर बीआरआईसम्बन्धी समझदारीमा आफ्नो प्रधानमन्त्री कालमा हस्ताक्षर गरेको बताउनुभयो ।
हाल बीआरआईको फ्रेमवर्कमा रहेर उच्च तहमा राजनीतिक समझदारी, आर्थिक क्रियाकलाप र सांस्कृतिक तथा जनस्तरको सम्बन्ध निरन्तर विकास भइरहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
चीनका राष्ट्रपति शी चिनफिङको विचारधारा विश्वव्यापी बहसको विषय बनेको बताउदै प्रचण्डले ‘शी–विचारधारा विश्वव्यापी बहसको विषय बनेको छ’, प्रचण्डले भन्नुभयो, ‘चीनको सरकारले जनताको सेवा गरेर शासनमा बस्ने वैधता पाएको छ । शासनमा बस्नेहरू विस्तारै जनताको सेवा गर्नुभन्दा सुख सुविधामा लागेमा कम्युनिस्टहरूको शासन गर्ने वैधता समाप्त हुन्छ ।’ नेपालले एक चीन नीतिको शब्दमा मात्र नभएर व्यवहारमै कार्यान्वयन गरिरहेको समेत बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्