काठमाडौं, ७ असोज । कावासोती नगरपालिका–८ स्थित खरकट्टा जंगलमा भएको दुर्घटनामा परि मृत्यु हुने पाँचै जनाको परिचय खुलेको छ।
नवलपरासीपूर्व देवचुली नगरपालिकाबाट पश्चिमतिरको यात्रामा निस्केका पाँच जना यात्रु चढेको बा२१च ६४०९ नम्बरको कारलाई सोमबार विपरीत दिशाबाट आएको लु१ख ८५३२ नम्बरको ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको थियो।
ठक्करबाट निधन हुनेहरूमा नवलपरासी (पूर्व) देवचुली–१ का पूर्णबहादुर विक, देवचुली १० का दीपेश राना तथा हिरा राना एवम् कैलालीका दिलबहादुर ढेडामगर र सुरज रानामगर रहेका छन्।
मृतकमध्ये कारका चालक को हुन् भन्ने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। उनीहरू किन र कहाँसम्मको यात्रामा निस्केका थिए भन्ने खुलेको छैन।
प्रहरीले ट्रकका चालक ३० वर्षीय बुद्धिराम चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको नवपरासी प्रहरीले बताएको छ। चालकले प्रहरीलाई दिएको प्रारम्भीक बयानका अनुसार कार र ट्रक दुवै तीब्र गतिमा थिए।
प्रतिक्रिया दिनुहोस्