पाकिस्तान । पाकिस्तान सीमानजिकै मंगलबार ६.३ म्याग्नेच्युडको भूकम्प आएको छ। पाकिस्तन शासित काश्मीरमा शक्तिशाली भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सडक तथा घरहरु भत्किएका दृश्य सम्प्रेसन भइरहे पनि मानव हताहतको कुनै समाचार पुष्टि भएको छैन ।
भूकम्पबाट जनधनको ठूलो क्षति भएको अनुमान गरिएको जनाइएको छ ।
सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ : ३१ बजे लाहौरबाट १८३ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो। भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ। भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन्। भूकम्पको धेरै प्रभाव जम्मु कस्मिरमा परेको बताइएको छ।
हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्