काठमाडौं, १५ असोज । सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अक्टोबर २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत डीभीको लागि आवेदन खोलेको हो ।
डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ । डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन ।डीभी भर्न चाहनेले तोकिएको समयभित्र डीभीका लागि आदेवन भर्न सक्नेछन् । यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् ।आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डीभी पर्यो कि परेन भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ ।
अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ । साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्ने भनि सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्