ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा विदेशबाट आएकाहरुको तथ्याङ्क सार्वजनिक, सदरमुकाममै १३३ जना !


admin
१५ चैत्र २०७६, शनिबार   २ : १७   बजे

काठमाडौं, १५ चैत । जिल्लाका सबै स्थानीय तहले वैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्याङ्क सङ्कलनको काम थालेका छन् । दशवटै स्थानीय तहमा वैदेशिक रोजगारी तथा उच्च शिक्षा आर्जन गरेर फर्किनेहरुको तथ्याङ्क सङ्कलनका क्रममा शुक्रबार बागलुङमा विदेशबाट आएकाहरुको तथ्याङ्क सार्वजनिक भएको छ ।

बागलुङ नगरपालिकामा खाडी मुलुक, युरोप, एशिया तथा अन्य देशबाट आएकाहरुको सङ्ख्या सार्वजनिक गरिएको छ । सेल्फ क्वारेन्टाइनमा बसेर कोरोना भाइरसको सङ्क्रमणको सम्भावना कम गर्न भन्दै नगरपालिकाको स्वास्थ्य शाखाले तथ्याङ्क सङ्कलनको अभियान थालेको थियो । नगरपालिकामा मात्रै एक सातायता विदेशबाट भित्रिएकाहरुको सङ्ख्या १३३ रहेकोे छ । स्वास्थ्य कार्यालय बागलुङले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नगरमा सबैभन्दा धेरै १५ जना बानपा–१२ अमलाचौरका छन् । सबैभन्दा कम वडा नं। १ मा एक जना मात्रै कतारबाट आएका युवा छन् ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि शुक्रबार जिल्लामा विभिन्न क्रियाकलाप भएका छन् । जिल्लाको जैमिनी नगरपालिकामा पहिलो पटक शान्ति माविमा क्वारेन्टाइन निर्माण भएको छ भने चौधरी ग्रुपको सहयोगमा १० थान पीपीई बागलुङ आएका छ । त्यस्तै, मालढुङ्गा, खर्वाङ, भल्कोट र बुर्तिबाङमा रहेका हेल्थ डेस्कमा २०८ जनाको परीक्षण भएको छ । उनीहरुमा कुनै पनि कोरोना भाइरसको कुनै पनि लक्षण देखा नपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गौलोचन सैँजूको संयोजकत्वमा बसेको बैठकले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण, उपचार सम्बन्धमा स्वास्थ्य कार्यालय बागलुङका महामारी कार्यक्रम फोकल पर्सन याम बरालको संयोजकत्वमा जोइन्ट हेल्थ अपरेशन सेन्टर गठन गरिएको छ । जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संयोजक सदस्य रहनेगरी जोइन्ट हेल्थ अपरेशन सेन्टर गठन गरिएको गुरौले बताउनुभयो ।

यसैबीच बागलुङ नगरपालिकाका युवाहरुले शुक्रबार धौलागिरि अञ्चल अस्पताललाई १३ सेट सुरक्षा सामग्री प्रदान गरेका छन । बानपा–६ का नारायण आचार्यले १० सेट र बानपा–७ का शिव शर्मा गैरेले ३ सेट रेनकोट दिनुभएको हो । उहाँहरुले यी सामग्री अञ्चल अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष केवि रानामगरलाई हस्तान्तरण गर्नुभयो । यी सामग्री स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने समयमा प्रयोग हुने अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिक्षा नियमावली र ३% समता करको विरोधमा निजी विद्यालय आन्दोलित, ६ बुँदे मागसहित सरकारको ध्यानाकर्षण

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu