ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डब्लूएचओको चेतावनी –आधारहीन भविष्यवाणी नगर्न आग्रह ,कोरोना भाइरस कहिल्यै निर्मूल नहुन पनि सक्छ


एबीसी न्यूज
१ जेष्ठ २०७७, बिहिबार   १२ : २३   बजे

जेनेभा, १ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमण ‘कहिल्यै समाप्त नहुने’ सम्भावना रहेको चेतावनी दिएको छ ।
विज्ञहरुले कोरोना महामारीका कारण विश्वभर मानसिक संकट उत्पन्न भइरहेको जनाइरहँदा डब्लूएचओले कोरोना कहिल्यै निर्मूल नहुने सम्भावना रहेको बताएको हो । बुधबार जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा डब्लूएचओका आपत्कालीन विभागका प्रमुख डा. माइकल ऱ्यानले कोरोना भाइरस कहिलेसम्म रहन्छ भनेर आधारहीन भविष्यवाणी नगर्न पनि चेतावनी दिएका छन् ।

उनले कोरोना भाइरसको अवधि तोकेर बस्नुभन्दा पनि यसको नियन्त्रण र रोकथाममा बृहत् प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘यो विषयमा चर्चा आवश्यक छ कि कोरोना भाइरस हामीबीच क्षेत्रविशेषको भाइरस बनेर बस्ने सम्भावना रहेको छ । र, यो कहिल्यै निर्मूल नहुन पनि सक्छ,’ डाक्टर ऱ्यानले भने, ‘यसमा कुनै वाचा र मिति छैन । यो रोग दीर्घकालीन समस्या हुन सक्छ वा नहुन पनि सक्छ ।’

डाक्टर ऱ्यानले एचआईभी भाइरस पनि समाप्त नभएको उदाहरण दिँदै कोरोना भाइरसका बारेमा मिति तोक्ने काम र वाचा नगर्न पनि सबैलाई सुझाव दिएका छन् । उनका अनुसार बिनाभ्याक्सिन आम सर्वसाधारणलाई रोगप्रतिरोधात्मक क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्नेछ ।

कोरोना भाइरसको भ्याक्सिन बनाउनका लागि विभिन्न देशले सयौं प्रयास गरे पनि विज्ञहरुका अनुसार तत्काल कुनै भ्याक्सिन तयार हुने लक्षण देखिएको छैन । कोरोनाविरुद्ध कुनै उपचार पद्धति विकास नहुँदै विश्वका कयौं देशले लकडाउन खुकुलो बनाएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। ट्रेडोस एडहानोम गेहब्रेयससले लकडाउन खुकुलो गर्दै जाने हो भने अझ तीव्र रूपमा संक्रमण फैलिने बताएका छन् । डा। ट्रेडोसले भने, ‘कतिपय देशले लकडाउनबाट बाहिर आउनका लागि विभिन्न तरिका अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशलाई अलर्ट रहन सल्लाह दिइरहेको छ । प्रत्येक देशले अहिले पनि उच्चतम स्तरमा सतर्क रहन आवश्यक छ ।’

डा। ऱ्यानले पनि कैयौं देशले लकडाउन खोलेर ‘जादुयी’ पाराले कोरोना भाइरसको संक्रमण रोक्न सकिन्छ भनेर सोचेको बताएका छन् । विश्वकै जनजीवन सामान्य हुन लामो समय लाग्ने पनि डा। ऱ्यानले बताए । उनले भने, ‘हामीले वास्तविक अवस्थालाई हेरेर सोच्नुपर्छ । मलाई लाग्छ, अहिले कोरोना भाइरस कहिलेसम्म रहन्छ भनेर कसैले पनि भन्न सक्दैन । यसको निदानको प्रक्रिया लामो हुन सक्छ ।’

त्यस्तै डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ मारिया भेन केरखोवेले पनि कोरोना महामारीबाट छुटकारा पाउन लामो समय लाग्न सक्ने बताएकी छिन् ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म विश्वभर २ लाख ९७ हजार २ सय २६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ४३ लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये करिब १५ लाख ५० हजार निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘हुबहु भाषणलाई ट्रोल बनाइएपछि दुईपटक आत्महत्याको प्रयास गरेँ’

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

सम्बन्धित

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

साधारण मानिस हुनुको असह्य चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu