ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोमबारको तापक्रम यो वर्षकै उच्च : नेपालगन्ज र धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस


एबीसी न्यूज
१३ जेष्ठ २०७७, मंगलबार   ११ : २६   बजे

काठमाडौं, १३ जेठ ।   सोमबार देशका विभिन्न ठाउँको तापक्रम यो वर्षकै उच्च मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार भैरहवाको तापक्रम सबैभन्दा धेरै ४२ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै नेपालगन्ज र धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस, वीरेन्द्रनगरको ३८ डिग्री सेल्सियस, दाङको ३७ दशमलव ५ डिग्री सेल्सियस, र काठमाण्डौको ३२ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । यसअघि आइतबार ४० डिग्री सेल्सियस पुगेको दिपायलमा सोमबार भने थोरै राहत मिलेको छ ।

सोमबार दिपायलको तापक्रम ३९ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । यस्तै आइतबार २७ दशमलव १ डिग्री सेल्सियस पुगेको जुम्लाको सोमबारको तापक्रम २६ दशमलव ८ डिग्रीमा मापन गरिएको छ ।

यो वर्ष पूर्व–मनसुनी गतिविधि सक्रिय हुँदा जेठको मध्यसम्म आइपुग्दा पनि बिहान बेलुकी चिसो हटेको छैन । तर दिउँसो गर्मी ह्वात्तै बढेको छ । सामान्यतया चैत, वैशाख र जेठ गर्मी महिना नै भएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् ।

तापक्रम बढ्दै गएसँगै जलवाष्प युक्त हावामा मिसिँदा स्थानीय वायुको प्रभावले दिउँसोपछि मेघगर्जन र हावाहुरी पनि चल्ने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।  आज पनि पूर्वको मौसम सामान्यतया बदली हुने तथा मध्ये र पश्चिमी पहाडी क्षेत्रको मौसम आंशिक बदली भइ एकदुई ठाउँमा पानी पर्ने अर्यालको अनुमान छ । मध्य र पूर्वमा अहिले खुलेको ठाउँको मौसम बिस्तारै बदली हुँदै बेलुकीतिर पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : सेनाले ८९६ जनाको उद्धार गर्‍यो

भोटेकोशी बाढी : प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किए प्रधानमन्त्री शाह

सम्बन्धित

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

बाढीपीडितका नाममा फर्जी क्यूआर र राहत कोषमार्फत ठगी हुन सक्ने भन्दै प्रहरीको चेतावनी

भोटेकोसी बाढी: नेपाललाई अन्तर्राष्ट्रिय साथ, भारतदेखि राष्ट्रसंघसम्म सहयोगको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu