रुपन्देही, १५ मंसिर । रुपन्देहीमा ठूलो परिमाणको विष्फोटक पदार्थ बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार २५० थान इलेक्ट्रिक डेटोनेटर बरामद भएको हो ।
विष्फोटक पदार्थ बरामद भए पनि त्ससमा संलग्न कोही पनि पक्राउ परेका छैनन । जनधनको क्षति पुर्याउने किसिमले ल्याइएको विष्फोटक पदार्थसँग सम्बन्धीहरु व्यक्तिहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी डिल्लानारायण पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्