काठमाडौं, २५ मंसिर । सरकारले दरबन्दी थप गरेको नेपाल प्रहरीको एआइजीमा विश्वराज पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ । बिहिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् नियमित बैठकले उक्त निर्णय गरेको हो ।
बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप्ने सरकारको निर्णयप्रति गृहमन्त्री राम बहादुर थापा बादललाई निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।
गृहसचिव नेतृत्वको बढुवा समितिको बैठकले पोखरेललाई एआइजीमा सिफारिस गरेको थियो । गृहसचिवको अध्यक्षताको बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र नेपाल प्रहरीका प्रमुख सदस्य सचिव रहन्छन् । हालैमात्र सरकारले एक एआइजी र ५ डिआइजीको दरबन्दी थप गरेको हो।
प्रतिक्रिया दिनुहोस्