ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकताको अन्तिम गृहकार्यमा ओली–दाहाल, एकता कार्यदल गठन अघि नै निष्कर्ष दिने तयारी


एबीसी न्यूज

काठमाडौं, २२ माघ । पाटि एकताका विषयमा विभिन्न टिकाटिप्णी बाहिर आएको वेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका छन् । एकता संयोजन समितिमा दुई अध्यक्षबीच थप गृहकार्य गरी राजनीतिक–वैचारिक तथा सांगठानिक संरचना मिलाउन कार्यदल गठन गर्ने सहमतिअनुसार ओली–दाहाल हरेक दिन छलफलमा बसेर एकतालाई अन्तिम रूप दिने गृहकार्य अघि बढाएका छन्।


विशेष स्रोतका अनुसार सरकार गठनअघि नै सकेसम्म पार्टी एकता गर्ने योजनाका साथ ओली–दाहालले छलफल अघि बढाएका छन् । यही कामका लागि दुवै नेता केही दिनयता पूर्वनिर्धारित सबै कार्यक्रमहरुमा समेत कम देखापर्ने गरेर भएपनि एकता वार्तामा जुटेका छन् । यहि बुधबार राष्ट्रिय सभा निर्वाचन भएपछि केही दिनभित्र परिणाम आउने र लगत्तै निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद चयन प्रक्रिया अघि बढाउने गृहकार्य थालेपछि बढीमा फागुनको दोस्रो साता नयाँ सरकार गठन हुने छ । सोहीकारण पनि एकताको दबाबमा रहेका ओली र दाहालले हरेक दिन वान टु वान वार्ता गरी एकताको विषयलाई टुंगो लगाउने प्रयास अघि बढाएका स्रोतले बतायो ।

शुक्रबार, शनिबार र आइतबारसमेत ओली र दाहालबीच पार्टी एकतामा देखिएको जटिलतालाई मध्यनजर गर्दै अन्तिम रूप दिने गरी छलफल भएको स्रोतले बतायो । विगतमा राखिएको एकता मोडालिटीमा कसरी व्यवस्थापन गर्ने र शीर्ष नेतादेखि जनसंगठन र कार्यकर्ताले समेत सम्मानजनक एकताको अनुभूति हुने गरी एकतालाई अन्तिम रूप दिने विषयमा केन्द्रित रही दुई नेताबीच छलफल भएको हो । ओली दाहालले एकता गृहकार्य अन्तिम रूप दिने पहल गरिरहँदा कतिपय विषयमा पार्टी नेतासँगसमेत परामर्श गरिरहेका स्रोतको दाबी छ ।

‘एमाले र माओवादीबीच विचारमा खासै समस्या नदेखिए पनि विगतलाई कसरी हेर्ने भन्ने विषय र सांगठानिक संरचना तथा नेता कार्यकर्ताको सम्मानजनक व्यवस्थापन कसरी गर्ने भन्नेमा केही समस्या रहेको छ । सबै इतिहास बोकेका नेता रहेको र निर्वाचनमा जनताले स्पष्ट आकार दिएको अवस्थामा सबैले अपनत्व अनुभूति गर्ने गरी एकतालाई टुंगो लगाउने निचोडमा दुवै अध्यक्ष पुग्नुभएको छ, केही समस्या आए पनि समाधान उन्मुख छ,’ एक स्रोतले भन्यो ।
अन्तिम निर्णय लिने क्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, पार्टी अध्यक्ष, कार्यवहाक अध्यक्ष रहनेदेखि दुवै पार्टी विघटन गरी संयोजक, सहसंयोजकसम्मको विकल्पमा दुई नेताबीच छलफल भएको छ । तर, दुवैतिरका नेताहरूको दबाबमा ओली र दाहालले निर्णय लिन सकिरहेका छैनन् । एमालेभित्र अध्यक्ष छाडेर एकताको सहमति नगर्न दबाब रहेको छ भने माओवादीमा पनि यही दबाब छ । दुवैतिर दबाबका बीच ओली र दाहालले पार्टीका सबै नेतासँग आवश्यक सुझाव लिएर अन्तिम निर्णय लिने अवस्थामा पुगी छलफललाई घनिभूत पारेका हुन् ।

दुवै नेताले छलफलबाट आएको निचोड भने गोप्य राखेका छन । ‘एकताको अन्तिम निर्णय लिने अवस्थामा पुग्नुभएको छ, तर के–के सहमति बन्यो भन्ने विषय दुवै नेताले कसैलाई पनि खोलेका छैनन्, एकैपटक निर्णय गरि छलफल अघि बढेको छ,’ एमालेका एक नेताले भने । उनका अनुसार ओली र दाहालले देश र जनताको चाहना एकता भएकोले एकताका लागि जस्तोसुकै कठोर र लचिलो निर्णय पनि लिन पछि नहट्ने सन्देश पार्टीभित्रका नेतालाई दिएका छन् ।

‘केही दिनयताको छलफलपछि दुवै नेता उत्साहित हुनुहुन्छ, कठोर निर्णय लिने मुड देखिन्छ, दुवैतिरका नेताहरूले अध्यक्षको निर्णयलाई सहर्ष स्वीकार गर्ने अवस्थाका लागि थप गृहकार्य गरिरहनुभएको हो,’ माओवादीतर्फका एक स्रोतले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com