चितवन, २२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले–माओवादी पार्टी एकतालाई भाँड्न विभिन्न प्रयास भइरहेको बताए ।
‘एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन्,’ प्रचण्डले भने, ‘त्यस्ता कुनै पनि प्रयत्नलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन हामी प्रतिबद्ध छौँ ।’
उनले पार्टी एकता सकरात्मक दिशातर्फ अघि बढिरहेकोले जसरी पनि एकता हुने बताएका छन् । त्यस्तै उनले दुवै पार्टीको एकता सम्मान जनक पनि हुने बताए ।
प्रतिक्रिया दिनुहोस्