पोखरा, २३ माघ। सातै प्रदेशमा प्रदेशसभाका बैठक धमाधम शुरु भएसँगै जनता र राजनीतिक दलले लामो समयदेखि संघर्ष गर्दै आएको संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको टिप्पणी गरिएको छ ।
प्रदेशसभा नं ४ को प्रदेशसभा बैठकको दर्शकदीर्घामा रहेर अध्ययन गर्नुभएकी पूर्वसांसद बलावती शर्माले भन्नुभयो– यो बैठक बसिरहँदा हिजोदेखि हामीले संघर्ष गर्दै आएको संघीयता कार्यान्वयन भएको अनुभूति भएको छ ।
अरु प्रदेशको तुलनामा प्रदेश नं ४ मा पर्याप्त साधनस्रोत भएको हुँदा साच्ँिचकै उत्कृष्ट प्रदेश बनाउनुपर्छ भन्नेमा प्रदेशसभाका सदस्यले जोड दिनुभएको छ, निर्वाचनको बेला दलहरुले गरेका प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्छ, जसबाट प्रदेश सम्मुन्नत हुनेछ, जनता सुखी हुनेछन्– उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्