ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै


एबीसी न्यूज
१ भदौ २०८०, शुक्रबार   ९ : ५३   बजे

काठमाडौं, १ भदौ ।  अग्लेश्वरी हिल्स् विकास कोषको आयोजनामा रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेबी पर्यटन प्रवद्र्धनको लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुने भएको छ । खाँडादेबि, सुनापाति र दोरम्बा गाउँपालिकाको सहकार्यमा तीनवटै गाउँपालिकाको केन्द्रमा पर्ने अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मुर्ति निर्माण गर्न दोस्रो संस्करणमा ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुन लागेको हो ।

संगीत प्रवद्र्धन साथै स्रष्टाको सम्मान र प्रोत्साहन गर्न अवार्ड कार्यक्रममा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा समावेश गरिने जनाइएको छ । अवार्डका लागि गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, वाद्यवादक, म्युजिक भिडियो निर्देशक, छायांकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाइनर, मेकअप आर्टिष्टजस्ता विविध विधामा अवार्ड प्रदान गरिनेछ ।

अग्लेश्वरी हिल्स् विकास कोषको आयोजनामा हुने जीवन्त म्युजिक अवार्डको दोस्रो संस्करणका लागि खुला आवेदन अब १५ दिनसम्म मात्र रहने छ । यसका लागी अवार्डमा सहभागी हुन चाहने स्रष्टा तथा कलाकारले आगामी १५ दिन भित्र फारम भरिसक्नुपर्ने अवार्ड कार्यक्रमका संयोजक तथा रामेछाप कलाकार समाजका अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।

आवेदनका लागि अग्लेश्वरी हिल्स्को वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको कार्यालय नयाँ बानेश्वर, थापागाउँबाट फारम भर्न सकिने छ । फारमबाट प्राप्त सम्पूर्ण रकम अग्लेश्वरी हिल्स रामेछापको विकाश तथा पर्यटन प्रवद्र्धनमा खर्च गरिने आयोजकले बताएको छ । बिहिबार जमलको दि ओल्ला क्याफेमा आयोजिक पत्रकार सम्मेलनमा अवार्ड कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रमलाई ओला क्याफेका सञ्चालक हरि पुडासैनी लगायत अतिथीले सफलताको शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धनकुटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu