ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो जितको खोजीमा क्रोएसिया र अल्वानिया


एबीसी न्यूज
५ असार २०८१, बुधबार   १ : ०१   बजे

काठमाडौं ५ असार । युरो २०२४ अन्तर्गत समूह बी को खेलमा बुधबार क्रोएसिया र अल्वानिया भिड्दैछन् ।

ह्याम्पवर्गस्थित भोल्कपार्कस्टेडियममा मैदान उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । क्रोएसिया र अल्वानियाबीचको खेल नेपाली समय अनुसार बुधबार साँझ ६स्४५ बजे सुरु हुनेछ ।

क्रोएसिया पहिलो खेलमै स्पेनसँग ३(० ले पराजित भएको थियो । अल्वानियाले भने साविक विजेता इटलीविरुद्ध सुरुमै अग्रता बनाए पनि जोगाउन नसक्दा २(१ ले पराजित भएको थियो ।

पहिलो खेलमै पराजित भएको क्रोएसियाका लागि नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ ।तर, मिडफिल्डर निकोला भ्लासिक मसल चोटका कारण युरोबाटै बाहिरिएपछि क्रोएसियाका लागि घाटा पुगेको छ ।

२६ वर्षी भ्लासिक अब घर आफ्नै देश फर्किनेछन् ।

ज्लाट्को डालिको क्रोएसिया सन् २०१८ को विश्वकपमा फाइनल र २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । युरोमा भने त्यो स्तरको प्रदर्शन गर्न क्रोएसियालाई चुनौती छ ।

उता पहिलो खेलमा इटलीविरुद्ध खेल सुरु भएको २३ सेकेण्डमै गोल गरेको अल्वानिया सरप्राइज नतिजा निकाल्ने लक्ष्यमा छ ।

दोस्रो पटक युरो खेलिरहेको अल्वानियाले चेक रिपब्लिक र पोल्याण्ड जस्ता टिम रहेको छनोट प्रतियोगितामा शीर्ष स्थानमा सकाएको थियो ।

अल्वानियाका प्रशिक्षक सिल्भिन्होले आफ्नो टिममा युवा खेलाडीहरू रहेको तर युरो खेल्न सहज नहुने पनि बताएका छन् ।

क्रोएसिया र अल्वानिया कुनै पनि प्रतियोगितामा खेल्न लागेको यो पहिलो पटक हो ।

यी दुई टोलीबीच अहिलेसम्म दश खेल हुँदा अल्वानियाले जम्मा १ खेल मात्र जितेको छ । क्रोएसियाले ४ खेल जित्दा ५ खेल बराबरीमा सकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group