ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अलराउन्डर विश्व वरीयतामा दीपेन्द्रको छलाङ, हार्दिक पाण्ड्या पनि पछि परे


एबीसी न्यूज
५ असार २०८१, बुधबार   ७ : १७   बजे

काठमाडौं ५ असार । आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले एकसाथ तीन स्थान सुधार गरेका छन्।

यसअघिको वरीयतामा नवौँ स्थानमा रहेका दीपेन्द्र बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा छैठौँ स्थान पाएका हुन्।

यसपटकको वरीयतामा दीपेन्द्रले भारतका हार्दिक पाण्ड्या, इंग्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अलीलाई पछि पारेका छन्। नेपालकै कुशल मल्लको भने वरीयता एक स्थानले खस्किएको छ। यसअघि ३५औँ स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६औँ स्थानमा छन्।

 

यस्तै कप्तान रोहित पौडेलले एकैपटकमा ११ स्थान सुधार गरेका छन्। यसअघि ६६औँ स्थानमा रहेका रोहितले ११ स्थान सुधार गर्दै ५५औँ स्थानमा आइपुगेका हुन्।

गुल्सन झाको वरीयता ६ स्थान तल झर्दा कुशल भुर्तेल ४३ स्थान अगाडि आइपुगेका छन्। गुल्सन ६८ र भुर्तेल ७०औँ स्थानमा छन्।
नेपालका करण केसीको पनि वरीयता खस्किएको छ। उनी ६ स्थान तल झर्दा ७५औँ स्थानमा पुगेका छन्।

विश्व वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोनिसले पहिलो स्थान ओगटेका छन्। यसअघि पहिलो स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नाबी तीन स्थान तल झर्दा श्रीलंकाका वानिन्दु हसराङ्गा दोस्रो र बंगलादेशका साकिव अल हसन तेस्रो स्थानमा छन्।

जिम्बावेका सिकन्दर राजा एक स्थान तल झर्दा दीपेन्द्रभन्दा एकस्थान माथि पाँचौँ वरीयतामा छन्। आईसीसीले पछिल्लो खेलमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण गर्छ।

विश्वकपमा समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध ३।३ ओभर बलिङ गरेका दीपेन्द्रले २२ रन खर्चिएर २ विकेट लिएका थिए भने ३१ बलमा २५ रन बटुलेका थिए।

त्यसअघि दक्षिणअफ्रिकाविरुद्ध ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिएका थिए।

त्यो खेलमा उनले ६ रन मात्रै जोडे। नेदरल्यान्ड्सविरुद्ध १ रनमै आउट भएका उनले २ ओभरमा ६ रन खर्चिएर १ विकेट लिएका थिए। श्रीलंकाविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu