काठमाडौं ६ असार । आईसीसी टी–२० विश्वकप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप सकेर बिहीबार बिहान टोली स्वदेश फर्किएको हो।
विश्वकपमा नेपालले खेलेका ४ वटा खेलमा एउटा पनि नजिती नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
१४ वर्षपछि विश्वकप खेलेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्राबाट बाहिरिएको थियो।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।
नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेका छन्।
प्रतिक्रिया दिनुहोस्