ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० विश्वकपः दक्षिण अफ्रिकाको अपराजित यात्रा रोक्ने प्रयासमा अफगानिस्तान


एबीसी न्यूज
१२ असार २०८१, बुधबार   ११ : १५   बजे

काठमाडौं १२ असार । आईसीसी टी(२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तान बिहीबार दक्षिण अफ्रिकासँग भिड्दै छ।

ब्रायन लारा स्टेडियममा हुने खेल नेपाली समयानुसार बिहीबार बिहान सवा ६ बजे सुरु हुनेछ।  यो खेलको विजेताले उपाधिका लागि शनिबार भारत र इङल्यान्डबीचको विजेतासँग खेल्नेछ।

 

अफगानिस्तान रासिद खानको कप्तानीमा मैदान उत्रनेछ भने दक्षिण अफ्रिकाको कमानी भने एडेन मक्रमले सम्हाल्नेछन्।  दक्षिण अफ्रिकाको क्रिकेट टोली
दक्षिण अफ्रिकाको क्रिकेट टोली

टी(२० क्रिकेटमा तेस्रोपटक आमनेसामने हुँदा अफगानिस्तानको ब्याटिङ लाइनमा मुख्य हतियार इब्राहिम जड्रान र रहमानुल्लाह गुरबाज हुनेछन्। बलिङमा रासिद खान र फजलहक फारुकी घातक बन्न सक्नेछन्।

जारी विश्वकपका ७ खेलमा गुरबाज २ सय ८१ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।

तेस्रो स्थानमा पनि अफगानिस्तानकै इब्राहिम छन्। उनले ७ खेलमा २ सय २९ रन बनाएका छन्। दोस्रो स्थानमा भने २ सय ५५ रन बनाएका अस्ट्रेलियाका त्राभिस हेड छन्।

विश्वकपको सेमिफाइनल समीकरण पूरा हुँदा सर्वाधिक विकेट टेकरको शीर्ष स्थानमा पनि अफगानिस्तानकै बलर हावी छन्।

विश्वकपमा अफगानिस्तानले खेलेका ७ खेलमा नै फजलहकले १६ विकेट लिँदै सर्वाधिक विकेट टेकर सूचीको शीर्ष स्थानमा छन्।

दोस्रो स्थानमा भारतका अर्षदीप सिंह १५ विकेट लिँदै दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा पनि अफगानिस्तानकै रासिद खान छन्। रासिदले ७ खेलमा १४ विकेट झारेका छन्। अफगानिस्तानकै नवीन उल हकले १३ विकेट झारेका छन्।

ब्याटिङमा दक्षिण अफ्रिकाका क्विन्टन डि कक र डेभिड मिलर अफगानिस्तानका लागि टाउको दुखाइ बन्न सक्नेछन्।

डि ककले विश्वकपका ७ खेलमा १ सय ९९ रन बनाएका छन्। मिलरले ७ खेलमा १ सय ४८ रन बनाएका छन्।

बलिङमा एनरिच नोर्टेज र कागिसो रबाडाले अफगानिस्तानलाई केही दबाबमा राख्न सक्नेछन्। विश्वकपका समान ७ खेल खेलेका नोर्टेजले ११ र रवाडाले १० विकेट लिएका छन्।
सुपर ८ अन्तर्गत समूह २ को विजेताका रूपमा दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाएको हो।

अफगानिस्तान भने समूह १ को उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो। जारी विश्वकपमा अपराजित दक्षिण अफ्रिका पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ।

दक्षिण अफ्रिकाले विश्वकपका पूरै ९ संस्करण खेल्दा अफगानिस्तानले भने सात संस्करणमा मात्र खेलेको छ।

सन् २००७ मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको दक्षिण अफ्रिका तेस्रोपटक सेमिफाइनलमा पुगेको हो।

यसअघि सन् २००९ र २०१४ मा दक्षिण अफ्रिकाले सेमिफाइनल खेलेको थियो। त्यसयता अन्तिम चारमा पुग्न नसककेको दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो।

अन्य संस्करणमा पनि दक्षिण अफ्रिका दोस्रो चरणबाटै बाहिरिएको थियो।

जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लगातार ७ खेल जित्ने एक्लो टोली हो।

यसअघि सन् २००९ मा श्रीलंकाले तथा सन् २०१० र २०२१ मा अस्ट्रेलियाले समान ६ खेल जितेका थिए।

समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्डस्‌विरुद्ध ४ विकेटको जित हासिल गरेको थियो।

समूह चरणको आफ्नो तेस्रो खेलमा बंगलादेशलाई ४ रनले हराउँदा दक्षिण अफ्रिकाले नेपालविरुद्ध १ रनको रोमाञ्चक जित हात पारेको थियो।

सुपर ८ मा आयोजक अमेरिकालाई १८ रनले हराउँदा उसले इङल्यान्डलाई ७ रनले जितेको थियो।

सुपर ८ मै अर्को आयोजक वेस्ट इन्डिजलाई डीएलएस मेथडमा ३ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

विश्वकपको समूह चरण र सुपर ८ मा सनसनी मच्चाएको अफगानिस्तान पनि पहिलोपटक विश्वकप उपाधि जित्ने दाउमा छ।

सन् २०१० मा विश्वकपमा डेब्यु गरेको अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा पुगेको हो।

सन् २०१०, २०१२ र २०१४ मा समूह चरणबाटै बाहिरिएको अफगानिस्तान त्यसपछिका तीन संस्करणमा भने दोस्रो चरणसम्म पुगेको थियो।

विश्वकपको उपाधिमा नजर लगाएको अफगानिस्तान यसपटक भने विश्व च्याम्पियन बन्दै कीर्तिमान रच्न चाहन्छ।

विश्वकपको इतिहासमा अफगानिस्तानको यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। सेमिफाइनलमा पुगेका अफगानिस्तान र दक्षिण अफ्रिका सन् २०२६ को विश्वकपका लागि समेत छनोट भइसकेका छन्।

जारी विश्वपकपको सुपर ८ मा अस्ट्रेलियालाई २१ रनले हराउँदै अफगानिस्तानले सनसनी मच्चायो। कीर्तिमानी जित दर्ता गर्दा अफगानिस्तानले कुनै पनि फर्म्याटमा अस्ट्रेलियालाई पहिलोपटक हराएको हो।

समूह चरणमा न्युजिल्यान्ड र सुपर ८ मा अस्ट्रेलियालाई हराएको अफगानिस्तानको टोली उच्च मनोबलमा छ।

अफगानिस्तानले समूह चरणमा युगान्डालाई १ सय २५ रन तथा दोस्रो खेलमा न्युजिल्यान्डलाई ८४ रनले हराउँदै सानदार जित दर्ज गरेको थियो।

पपुवा न्यु गिनीलाई ७ विकेटले हराउँदा समूह चरणको अन्तिम खेलमा आयोजक वेस्ट इन्डिजसँग भने १ सय ४ रनको फराकिलो हार खेप्यो।

सुपर ८ मा भारतसँग ४७ रनले हार्दा दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले जितेको थियो।

सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनले हराउँदै अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो।

हेड टु हेड

टी(२० विश्वकपमा अफगानिस्तान र दक्षिण अफ्रिका ८ वर्षपछि आमनेसामने हुने भएका हुन्।

दक्षिण अफ्रिका र अफगानिस्तान भने तेस्रोपटक भिड्न लागेका हुन्।

पहिलोपटक सन् २०१० मा भिडेका यी दुई टोलीबीच दोस्रोपटक सन् २०१६ मा प्रतिस्पर्धा भएको थियो।

दुवैपटक दक्षिण अफ्रिका हाबी भएको थियो। उसले अफगानिस्तानलाई सन् २०१० मा ‍३७ रन र २०१६ मा ५९ रनले हराएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group