ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मार्टिनेजको गोलमा अर्जेन्टिना क्वार्टरफाइनलमा


एबीसी न्यूज
१२ असार २०८१, बुधबार   ११ : ३२   बजे

काठमाडौं १२ असार । साविक विजेता अर्जेन्टिना चिलीलाई हराउँदै कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहान भएको खेलको ८८औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो जित दिलाएका हुन्।

कप्तान लियोनल मेस्सीले कर्नर प्रहार गरेपछि रिबाउन्स भएको बललाई मार्टिनेजले डिबक्सभित्रैबाट सहजै गोलमा परिणत गरे। मार्टिनेज जुलियन अल्भारेजको स्थानमा ७४औं मिनेटमा मैदान छिरेका थिए।

 

खेलको अतिरिक्त समयमा भने मार्टिनेजले दोस्रो गोलको अवसर खेर फाले। एन्जल डिमारियाले डिफन्डरलाई बिट गर्दै दिएको पासमा मार्टिनेजको फितलो प्रहार चिलीका गोलरक्षक क्लाउडिओ ब्राभोले विफल बनाए।

चिलीले पनि केही अवसर खेर फाल्दा अन्तिम ८ को मौका कठिन बनेको छ।

समूह एमा दुवै खेल जितेको अर्जेन्टिना ६ अंकसहित शीर्ष स्थानमा छ। पेरुलाई हराउँदै क्यानडा दोस्रो स्थानमा उक्लिएको छ।

पहिलो खेलमा क्यानडा अर्जेन्टिनासँग २–० ले हारेको थियो।

त्यो खेलमा पनि मार्टिनेजले ८८औं मिनेटमा नै गोल गरेको थिए। त्यसअघि अल्भारेजले ४९औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। पहिलो खेलमा चिली र पेरुले गोलरहित बराबरी खेलेका थिए।

समूहको अन्तिम खेलमा अर्जेन्टिना र पेर भिड्दा चिलीले क्यानडाको सामना गर्नेछ।

समूहको अन्तिम खेलअघिसम्म सबै टोलीलाई नकआउट पुग्ने ढोका खुला छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu