ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने चिन्ता


एबीसी न्यूज
१७ श्रावण २०८१, बिहिबार   १२ : ४८   बजे

काठमाडौं १७ साउन । इजरायलले हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव झन् बढ्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

इजरायल र हमासबीच युद्धविरामको प्रयास भइरहेका बेला इरानमा हमासका शीर्ष कमाण्डर स्माइल हानिया र लेबनानमा हिज्बुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्रमाथि हमला भएको थियो । मिडिया रिपोर्टका अनुसार ती दुबै शीर्ष कमाण्डहरुको मृत्यु भइसकेको छ ।

 

हमास, हिजबुल्लाह र उनीहरुलाई साथ दिँदै आएको इरानले यो आक्रमणको जवाफ दिने घोषणा गरिसकेका छन् । त्यसैले मध्यपूर्वमा तनाव बढ्ने भन्दै चिन्ता व्यक्त भएको हो ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजेरिकले बुधबार न्यूयोर्क मुख्यालयमा नियमित पत्रकार सम्मेलनमा मध्यपूर्वमा तनावको अवस्था खतरनाक हुन सक्ने बताएका छन् ।

 

गाजा क्षेत्रमा युद्धविराम गर्ने, इजरायली बन्धकहरुलाई रिहा गराउने, गाजा क्षेत्रमा प्यालेस्टिनी जनतालाई मानवीय सहायता बढाउने शान्ति बहाल गराउने प्रयास भइरहेका बेला ती लक्ष्य प्राप्तिलाई थप कमजोर बनाउने प्रयास भइरहेको प्रवक्ता दुजरिकको भनाइ छ ।

इजरायलले गत मंगलबार लेबनानको राजधानी बेरुतको एक घना बस्ती भएको क्षेत्रमा हमला गरेको थियो । सो हमला हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्रप्रति लक्षित थियो । यसैगरी बुधबार बिहान इरानको राजधानी तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियामाथि आक्रमण भएको थियो ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता दुजरिकका अनुसार महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका छन् । तर स्थिति अत्यन्त संवेदनशील रहेकाले केवल संयमता मात्रै पर्याप्त छैन । उनका अनुसार महासचिव गुटेरेसले मध्यपूर्वमा दीर्घकालीन शान्ति र स्थीरताका लागि तनाव अन्त्यका लागि काम गर्न आह्वान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालमा १० वर्षमा सर्पदंशबाट ३०१ जनाको मृत्यु, मनसुनमा जोखिम झन् उच्च

पार्टी एकतालाई मजबुत बनाउन सक्रिय हुन विश्वप्रकाश शर्माको आग्रह

सम्बन्धित

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ट्रम्पले वर्षको अन्त्यतिर किमसँग भेटवार्ता गर्ने संकेत

रुसका प्रमुख अर्थशास्त्री क्लेपाच बर्खास्त, युद्धका कारण आर्थिक संकट बढ्ने चेतावनी दिएको दाबी

मध्य अफ्रिकी गणतन्त्रमा सुन खानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद्को संरचना सुधार्न माग गर्दै भन्यो– ग्लोबल साउथको प्रतिनिधित्व बढाऊ

अमेरिकी राष्ट्रिय ऋण पहिलो पटक ४०० खर्ब डलर नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu