ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेन सरकारले अनुमोदन गर्‍यो आप्रवासीलाई वैध बनाउने नयाँ नीति


एबीसी न्यूज
५ मंसिर २०८१, बुधबार   १२ : २६   बजे

काठमाडौं ५ मंसिर । स्पेन सरकारले आप्रवासी नीति खुकुलो बनाउने नियमावलीलाई अनुमोदन गरेको छ । मंगलबार आप्रवासन सम्बन्धी मन्त्री एल्मा साइजले पत्रकार सम्मेलन गर्दै सरकारले नयाँ नीति अनुमोदन गरेको जानकारी दिएकी हुन् ।

विगत ६ महिनादेखि चर्चामा रहेको आप्रवासन सम्बन्धी नीति अन्तत स्पेन सरकारले अनुमोदन गरेको हो । जसअनुसार स्पेनले आगामी तीन वर्षसम्म प्रतिवर्ष करिब तीन लाख अवैध आप्रवासीहरूलाई वैध बनाउने तयारी थालेको छ ।

श्रम शक्ति विस्तार गर्न खोजिरहेको स्पेनले त्यस्तो निर्णय गर्न लागेको आप्रवासन मन्त्री एल्माले बताइन् । ‘स्पेनले खुल्ला र समृद्ध देश बन्ने कि बन्द र गरिब बन्ने भन्ने विकल्पको बीच रोजाइ गर्नुपर्दा हामीले पहिलो विकल्प रोजेका छौं,’ मन्त्री साइजले भनिन् ।

सामाजिक सुरक्षा प्रणालीलाई कायम राख्न स्पेनलाई वार्षिक करिब २ लाख ५० हजारदेखि तीन लाखको संख्यामा कर तिर्ने विदेशी कामदारहरूको आवश्यकता रहेको पनि उनले प्रष्ट पारिन् ।

पेद्रो सान्चेजको नेतृत्वमा रहेको सरकार आप्रवासीहरूप्रति मुख्यतः सहानुभूतिपूर्ण देखिएको छ । जबकि पोर्चुगल, इटाली र जर्मनीजस्ता अन्य युरोपेली देशहरूले सीमा नियन्त्रणमा कडाइ गर्न खोजिरहेका छन् ।

आवासीय अनुमति कार्ड लिन सहज

नेपालले स्पेनसँग श्रम सम्झौता गर्ने चर्चा चलिरहेको बेला स्पेन सरकारले सिजनल भिसाको लागि पनि विशेष व्यवस्था कायम गर्ने आप्रवासी सम्बन्धी नयाँ नीतिमा उल्लेख छ ।
स्पेनी पत्रिका ए।एस। डटकमका अनुसार अनियमित अवस्थामा रहेका आप्रवासीहरुलाई वैधानिक गर्न नयाँ नीतिले सहज बन्ने भएको छ । जस अन्तर्गत हालसम्म कायम रहेका ‘अराइगो सोसियाल’ र ‘अराइगो लाबोराल’ दुई भिन्न प्रावधानलाई समेटेर ‘अराइगो सोसियो लाबोराल’ भन्ने नयाँ प्रावधान अनुमोदन गरिएको छ । स्पेनमा वैधानिक हुन आवश्यक पर्ने न्यूनतम तीन वर्षको बसाइ अवधि ९पात्रोनामेन्तो० लाई दुई वर्ष कायम गर्ने निर्णय गरिएको उल्लेख छ ।

सरकारद्वारा जारी प्रेस नोट अनुसार पनि आप्रवासीलाई वैध बन्नका लागि अराइगो अन्तर्गत पाँच किसिमका विकल्प ल्याउने जनाइएको छ । जसअनुसार ‘अराइगो सोसियाल’, ‘सोसियो लाबोराल’, ‘फ्यामिलियार’, ‘सोसियो फोरमातिभो’ र ‘सेगुन्दा ओपोरतुनिदाद’ रहेका छन् । आप्रवासन सम्बन्धी नयाँ नियमले विशेषतः तीन मुख्य क्षेत्रलाई समेटेको छ । जस अनुसार काम, शिक्षा र परिवार सम्बन्धी नीतिमा सुधार गरिएको सरकारद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

पहिलो अस्थायी आवासीय अनुमति पत्र ९टिआरसी० को अवधि एक वर्ष र नवीकरणपछि सिधै ४ वर्षको म्याद कायम गरिने पनि उल्लेख छ । साथै अध्ययनका लागि स्पेन आएका विद्यार्थीहरुलाई हप्तामा ३० घण्टासम्म काम गर्न अनुमति दिइने जनाइएको छ ।

नेपालीबाट स्वागत

नेपालले स्पेनसँग श्रम सम्झौता गर्ने चर्चा चलिरहेको बेला स्पेन सरकारले सिजनल भिसाको लागि पनि विशेष व्यवस्था कायम गर्ने आप्रवासी सम्बन्धी नयाँ नीतिमा उल्लेख छ । ‘आक्तिभिदादेस दे तेम्पोरादा’ को प्रावधान अनुरुप सिजनल भिसामा आउने कामदारका लागि पनि प्रक्रिया सहज गराउने जनाइएको छ ।

झन्डै दुई दशकदेखि स्पेनमा बस्दै आएका पर्वत मूल घर भएका सन्तोष पौडेलले स्पेन सरकारले अनुमोदन गरेको आप्रवासी नीति स्वागतयोग्य रहेको बताए । ‘कार्ड बन्नका लागि चाहिने न्युनतम बसाइँको अवधि तीन वर्षबाट दुई वर्षमा झर्नु भर्खर स्पेन छिरेका हजारौं नेपालीका लागि यो सुखद समाचार हो । तर अहिले नेपालीको चाप बढेकाले यहाँ सोचेजस्तो सहज भने छैन,’ पौडेलले भने, ‘यदि तपाईं स्पेन आउँदै हुनुहुन्छ भने कम्तीमा आफ्नो बस्ने ठाउँको प्रबन्ध मिलाएर मात्र आउनु होला ।’

उनका अनुसार स्पेनको आप्रवासी नीति खुकुलो भएपछि अन्य युरोपेली मुलुकबाट स्पेन आउने नेपालीको चाप झन् बढ्ने देखिएको छ । आप्रवासी नीति सम्बन्धी चासो राख्दै आएका पौडेलले सरकारले नयाँ नियम अनुमोदन गरे तापनि व्यावहारिक रुपमा लागु हुन अझै केही समय लाग्नसक्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group