काठमाडौं ७ पुस, एपी । चिनियाँ सरकारले आइतबार अमेरिकाले ताइवानलाई गरेको पछिल्लो सैन्य बिक्री र सहयोगको घोषणालाई अमेरिका “आगोसँग खेलिरहेको” भन्दै चेतावनी दिएको छ।
राष्ट्रपति जो बाइडेनले शनिबार ताइवानका लागि रक्षा विभागको सैन्य सामग्री, सेवाहरू, र सैन्य शिक्षा तथा तालिममा ५७१ मिलियन डलरसम्मको व्यवस्था गर्न स्वीकृति दिएका छन्। यसैगरी, रक्षा विभागले शुक्रबार २९५ मिलियन डलरको सैन्य बिक्री स्वीकृत भएको जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयको एक विज्ञप्तिले अमेरिका ताइवानलाई हतियार आपूर्ति रोक्न र ताइवान जलडमरूमध्यमा शान्ति र स्थायित्वलाई कमजोर बनाउने ‘खतरनाक कदमहरू’ बन्द गर्न आग्रह गरेको छ।
ताइवान २३ मिलियन जनसंख्या भएको एक लोकतान्त्रिक टापु हो, जसलाई चिनियाँ सरकारले आफ्नो क्षेत्रको रूपमा दाबी गर्दछ।ताइवान २३ मिलियन जनसंख्या भएको टापु हो, जसलाई चिनियाँ सरकारले आफ्नो क्षेत्रको रूपमा दाबी गर्दै नियन्त्रणमा लिनुपर्ने बताएको छ। अमेरिकाको सैन्य बिक्री र सहायता ताइवानलाई आफैंलाई बचाउन र चीनलाई आक्रमण गर्नबाट रोक्न मद्दत गर्ने उद्देश्यले गरिएको दावी गरेको छ ।
ताइवानको विदेश मन्त्रालयले यी दुई बिक्रीको स्वीकृतिलाई स्वागत गर्दै ‘हाम्रो रक्षा प्रतिवद्धता’ मा अमेरिकी सरकारको दृढ समर्थन भएको सामाजिक सञ्जाल एक्स मा पोस्ट गरेको छ।
प्रतिक्रिया दिनुहोस्