ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्वाइट हाउसमा भएको घटना पश्चातापयोग्य – युक्रेनी राष्ट्रपति जेलेन्स्की


एबीसी न्यूज
२१ फाल्गुन २०८१, बुधबार   ७ : ४८   बजे

काठमाडौं २१ फागुन । ‍युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर युक्रेनमा दीर्घकालीन शान्तिका काम गर्न आफू तयार रहेको बताउनुभएको छ ।

ह्वाइट हाउसमा रहेको ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि जेलेन्स्कीले अब कुरा मिलाउने समय आएको बताउनुभएको हो । अमेरिकाले युक्रेनमा सैन्य सहायता स्थगित गर्ने घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ह्वाइट हाउसमा भएको वादविवादलाई पश्चातापयोग्य भन्नुभएको बीबीसीले जनाएको छ ।

जेलेन्स्कीले युद्ध अन्त्य गर्ने पहिलो चरणको प्रारूप समेत तयार पार्नुभएको छ । जसको पहिलो चरण बन्दीहरूको रिहाइ र हवाई युद्धविराम, क्षेप्यास्त्रहरूमा प्रतिबन्ध, लामो दूरीको क्षमताका ड्रोनमा रोक तथा ऊर्जा र अन्य गैरसैनिक पूर्वाधारहरूमा बम आक्रमण रोक्ने हुन सक्ने उल्लेख छ ।

रुसले पनि त्यसको पालना गरे त्यसलगत्तै समुद्रमा पनि युद्धविराम गर्न सकिने जेलेन्स्कीले उल्लेख गर्नुभएको छ । उहाँले भविष्यमा दुई देशबीच हुने सहकार्य र सञ्चार रचनात्मक हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । अमेरिका भ्रमणका क्रममा हुन नसकेको खनिज सम्झौता गर्न पनि युक्रेन तयार रहेको उहाँले दोहोर्‍याउनुभएको छ । आफ्नो पोस्टमा जेलेन्स्कीले अमेरिकाले आफ्नो देशलाई दिएको सहयोगबारे स्पष्ट शब्दमा कृतज्ञता पनि व्यक्त गर्नुभएको छ ।

गएको शुक्रवारको बैठकमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति कृतज्ञ नभएको आरोप जेलेन्स्कीलाई लगाएका थिए ।

जेलेन्स्कीको पोस्टबारे प्रतिक्रिया दिँदै बेलयातका प्रधानमन्त्री सर किअर स्टार्मरले शान्ति स्थापित गर्ने दृढ प्रतिबद्धता भएको बताउनुभएको छ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनि ट्रम्पसँग पुनः वार्तामा बस्ने जेलेन्स्कीको चाहनाको प्रशंसा गर्नुभएको छ ।

यसअघि ट्रम्प र जेलेन्स्कीको विवादपछि युरोपेली नेताहरू युक्रेनको पक्षमा उभिएका थिए । जेलेन्स्कीको वक्तव्यमा ट्रम्पसँग क्षमायाचना भने गरिएको छैन । अमेरिकी राष्ट्रपतिका निकट व्यक्तिहरूले जेलेन्स्कीले माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै जेलेन्स्कीको पत्र प्राप्त भएको र युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता गर्न तयार रहेको बताउनुभएको छ । ट्रम्पले जेलेन्स्कीको पत्र पढ्दै युक्रेन दिगो शान्तिका लागि चाँडै वार्तामा बस्न तयार भएको बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu